राजनीति
![कांग्रेसकाे घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित](https://12khari.top/uploads/posts/Sanepa Congress NC1639569274.jpg)
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
काठमाडौं । नेपाली कांग्रेसले आज सार्वजनिक गर्ने तयारी गरेको घोषणापत्र कार्यक्रम स्थगित गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको थियो ।
“संकल्प पत्र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कात्तिक ७ गते बिहान १०ः३० बजे सार्वजनिक गरिने भनिएकोमा उक्त कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगन गरिएको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ,” नेपाली कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९ ०८:३८
प्रतिक्रिया दिनुहोस्