site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
धरानमा स्वतन्त्रको 'बाढी'ले गठबन्धन दबाबमा, सुकुम्वासी र जातीय भोट निर्णायक !
Sarbottam CementSarbottam Cement

इटहरी (सुनसरी) । हर्क साम्पाङले स्वतन्त्र उमेदवारी दिएर प्रमुखमा निर्वाचित भएको धरान उपमहानगरपालिका सुनसरी क्षेत्र नम्बर १ मा पर्छ । धरानवासीले स्वतन्त्र उमेदवारलाई जिताएपछि प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रबाट स्वतन्त्र उमेदवारी दिनेको बाढी नै देखिएको छ ।

सुनसरीको धरानसहित बराहक्षेत्र र रामधुनी नगरपालिकाका केही वडा जोडिएको क्षेत्र नम्बर १ मा २५ जना स्वतन्त्र उमेदवार चुनावी मैदानमा छन् । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीदेखि स्थानीय चुनावबाट चर्चित बनेको 'लौरो' चुनाव चिह्न लिएका उमेदवाहरू चुनावी अभियानमा व्यस्त छन् ।

स्वतन्त्रहरूको चुनावी माहोलका कारण राजनीतिक दलहरू नै दबाबमा परेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

स्वतन्त्रहरूको बाढी, एमालेबाट बागी उमेदवार र सत्ता गठबन्धनका कारण धरानमा यसपटकको चुनाव रोचक हुने देखिन्छ । धरानलाई आफ्नो 'किल्ला' दाबी गर्ने एमालेले यसपटक प्रतिनिधिसभामा जनता समाजवादी पार्टी (जसपा)का अशोक राईलाई समर्थन गरेको छ ।

अशोक राईलाई एमालेका बागी चुनौती

Global Ime bank

०७४ मा कांग्रेसको समर्थनमा चुनाव लडेका जसपाका अशोक राईलाई यसपटक एमालेले साथ दिएको छ । रोचक के छ भने ०७४ मा तिनै अशोक राईलाई एमालेका जयकुमार राईले २२ हजार ४०५ को भारी मतान्तरले हराएका थिए । अहिले बलियो क्षेत्र जसपालाई दिएपछि एमालेका धरानका पूर्वमेयर मनोज मेयाङ्बोले बागी उमेदवारी दिएका छन् ।

एमालेबाट मेयाङ्बोको बागी उमेदवारी अशोक राईको संसद् छिर्ने चाहनामा तगारो बन्न सक्छ । एमालेको मत अशोक राई र मनोज मेयाङ्बोमा बाँडिने निश्चितजस्तै छ ।

“पुरानो साख फर्काउन म चुनावी मैदानमा आएको हुँ,” उनी भन्छन् ।

मेयाङ्बोलाई एमालेकै स्थानीय नेता कार्यकर्ताहरूको साथ छ । धराने ‘सेन्टिमेन्ट क्याच’ गर्दै पुराना धरानवासी र एमालेका असन्तुष्ट नेता कार्यकर्ताको सहयोग आफूलाई प्राप्त हुने उनकोको विश्वास छ ।

जसपाकी केन्द्रीय सदस्य यमुना गुरागाईं भने क्षेत्र नम्बर १ मा जसपाको संगठबन बलियो बनेको दाबी गर्छिन् । आफूहरूको संगठन पहिले भन्दा बलियो बनेको अवस्थामा एमालेले साथ दिएकाले यसपटक अशोक राईले चुनाव जित्ने उनको दाबी छ । 

अर्कोतर्फ धरानमा निर्वाचनमा हुने जातीय ‘फ्याक्टर’ले पनि काम गर्ने उनी बताउँछिन् । दुई लिम्बुको भोट काटिँदा अशोक राईलाई फाइदा हुने उनको तर्क छ । ठुलो संख्यामा रहेको राई समुदायबाट अशोकलाई नै भोट जाने उनको आकलन छ । 

फाइदा लिने दाउमा सत्ता गठबन्धन

एमालेभित्रको अन्तरविरोध र मनोज मेयाङ्बोको बागी उमेदवारीको फाइदा लिने दाउमा सत्ता गठबन्धन छ । सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका मुक्सहाङ मेन्याङ्बो ‘मुकेश’ मैदानमा छन् । गत वैशाखको स्थानीय निर्वाचनमा पनि माओवादीबाट उमपेयर बनेका आईन्द्र विक्रम बेघा पनि कांग्रेसकै साथ पाएर जितेका हुन् । 

सुनसरी १ मा सत्ता गठबन्धनले बराहक्षेत्र नगरपलिकाको मेयर जितेको छ । यसबाट पनि गठबन्धनको शक्तिमा मुकेश बलियो अवस्थामा देखिन्छन् । 

तर, कांग्रेसबाट प्रदेशको १ क्षेत्रमा मात्रै उमेद्वार भएकाले मत नआउने जोखिम पनि उत्तिकै छ । प्रदेशसभा १ मा उमेश थापा मात्रै कांग्रेसबाट उमेदवार छन् । निर्णयक मत रहेको कांग्रेसले अन्य दलका उमेदवार जिताउनुपर्ने बाध्यता छ । 

स्वतन्त्र पनि जित्नेमा विश्वस्त

दुई दशकदेखि सुकुम्वासीका समस्या समाधानका लागि आन्दोलन गर्दै आएका कुमार कार्कीले पनि सुनसरी १ मा आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन् । नेपाल बस्ती बसोबास संरक्षण समाजका केन्द्रीय अध्यक्षसमेत रहेका उनी बलिया उमेदवार मानिएका छन् ।

उनी आफूले हर्क साम्पाङको लहर देखेर स्वतन्त्र उमेदवाी घोषणा नगरेको दाबी गर्छन् । बरु आफू लामो समयदेखि संघर्ष गर्दै आएको उनको दाबी छ ।

“हर्क साम्पाङको स्वतन्त्रको लहरले म उमेदवार बनेको होइन । दुई दशकदेखि सुकुम्वासीका समस्याको एजेन्डा लिएर संघर्षबाट आएको हुँ,” उनले भने ।

उनी २०६१ सालमा नेपाल बस्ती बसोबास संरक्षण समाज धरान नगर सचिव हुँदै सुकुम्वासी आन्दोलनमा होमिएका हुन् । पछि सुनसरी अध्यक्ष, केन्द्रीय सदस्य, महासचिव हुँदै अहिले उनी केन्द्रीय अध्यक्षको भूमिकामा छन् ।

सुकुम्वासीलाई निःशर्त स्थायी धनीपूर्जा दिनुपर्ने उनको पहिलो चुनावी एजेन्ढा हो । भीभीआईपीको सेवा कटौती गरी आर्थिक बोझ कम गर्नुपर्ने, एक जिल्ला एक सांसद, समानुपातिकको खारेजी गर्नुपर्ने उनका चुनावी एजेन्डा छन् । 

३६ हजार मतदाता रहेका सुकुम्वासीको ९० प्रतिशत भोट आफूलाई आउने उनको दाबी छ । सुकुम्वासीले नै आफूलाई उमेदवार बनाएकाले जनमत राम्रो भएको उनको तर्क छ । भन्छन्, “मलाई एमाले, माओवादी र कांग्रेस तीनवटै पार्टीबाट मत आउँछ, भित्री रूपमा समर्थन छ ।”

जातीय सन्तुलन 
धरानको निर्वाचनमा जातीय सन्तुलनले ठुलो भूमिका खेल्छ । कतिपय अवस्थामा हार जितको निर्णायक मत पनि बन्न सक्छ । राई र लिम्बूबीचको मतमा ठुलो विवाद छ । एकले अर्कालाई नसघाउने संस्कारजस्तै बनेको छ ।

यसपटक एमालेका बागी उमेदवार मनोज र माओवादीका मुकेश लिम्बू समुदायका हुन् । अशोक राई समुदायबाट प्रतिनिधित्व गर्छन् । संख्यात्मक हिसाबले लिम्बूभन्दा राईको संख्या बढी छ । ०७६ मा भएको स्थानीय तहको उपनिर्वाचनमा धरानको मेयरमा कांग्रेस तिलक राईले जिते । उनको जितमा पनि जातीय सन्तुलनले मुख्य काम गरेको विश्लेषण हुँदै आएको छ । 

लिम्बूको मत मनोज र मुकेशबीच बाडिँदा राईको भोट अशोकलाई जाने सम्भावना त छ तर अशोक राई बेलाबेला मात्रै धरान आउने आरोपले राईको भोट पनि बाँडिन सक्छ । 

भोट बैंक सुकुम्वासी
धरानको उपनिर्वाचनमा एमालेको 'किल्ला' भत्काउन कांग्रेसलाई सुकुम्वासीको साथ थियो । कम्युनिस्टको भोट बैंक बन्दै आएका सुकुम्वासीहरू उपनिर्वाचनमा भोट हाल्न नजाँदा एमाले पराजित भएको थियो ।

यसपटकको संसदीय निर्वाचनमा पनि सुकुम्वासी निर्णायक बन्न सक्छन् । 

धरानमा मात्रै ३६ हजार सुकुम्वासी मत रहेको अनौपचारिक तथ्यांक छ । सुकुम्वासी मत अहिले विभाजित छ । सुकुम्वासीलाई कुनै दलले पनि समेट्न सकेका छैनन् ।

यसको प्रत्यक्ष फाइदा सुकुम्वासीकै नेता कुमारले लिन सक्छन् । तर, आफ्नै नेतालाई पनि सुकुम्वासी जनताले कति विश्वास गर्छन् त्यो भन्न सकिन्न । 

०७४ लाई फर्केर हेर्दा
सुनसरी १ बाट ०७४ मा एमाले उमेदवार जयकुमार राई विजयी भएका थिए । राईले प्रतिस्पर्धी जसपाका अशोक राईलाई हराएका थिए । तर तिनै अशोक जय कुमार राईलाई साइट लगाएर आफैँ एमालेको गठबनधनमा उमेदवार छन् । 

०७४ को निर्वाचनमा जयकुमारले ४४ हजार ५२८ मत ल्याएका थिए । अशोक राईले २२ हजार १२३ मत प्राप्त गरेका थिए । एमालेका जयकुमारले अशोकलाई २२ हजार ४०५ मतको भारी अन्तरले हराएका थिए ।

प्रदेशसभातर्फ दुवै क्षेत्रमा एमाले विजयी भएको थियो । वाम गठबन्धनबाट चुनाव लडेका प्रदेश ‘१’तर्फ एमालेका प्रदीप भण्डारी र ‘२’ मा एमालेकै भीम आचार्य विजयी भएका थिए । भण्डारीले १९ हजार २४३ मत ल्याएका थिए भने भीमले २० हजार २११ मत  ल्याएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय