site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चुनाव खर्च पाँच सय रुपैयाँ !
Sarbottam CementSarbottam Cement

सिन्धुपाल्चोक । गत वैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सिन्धुपाल्चोकका उमेदवारमध्ये एक प्रतिशतले पनि खर्च विवरण बुझाएका छैनन् । निर्वाचन खर्चको विवरण बुझाउने म्याद सकिसक्दा समेत २० जनाले मात्र विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले बताएको छ । 

उमेदवारले निर्वाचनको मत परिणाम घोषणा भएको एक महिनाभित्र खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्ने हुन्छ । तर मत परिणाम सार्वजनिक भएको डेढ महिना बितिसक्दा पनि अधिकांश उमेदवारले खर्चको विवरण बुझाएका छैनन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सिन्धुपाल्चोकका सबै तहको निर्वाचनको घोषणा जेठ ७ गते नै सार्वजनिक गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

जिल्लामा रहेका तीन नगरसहित नौ गाउँपालिकामा पाँच सय ३९ पदका लागि स्वतन्त्रसहित दुई हजार दुई सय १० उमेदवार चुनावी मैदानमा थिए । तीमध्ये जिल्ला निर्वाचन कार्यालयका अनुसार बुधबारसम्म जम्मा २० उमेदवारले मात्रै खर्चको विवरण बुझाएका छन् । “केही उमेदवारले खर्च विवरणको फाराम लिएर जानुभएको छ । उहाँहरु सायद चाँडै खर्चको विवरण बुझाउन आउनुहुन्छ,” जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकृत बच्चुसिंह खड्काले भने ।

सम्पन्न निर्वाचनमा उमेदवारले पाँच सयदेखि तीन लाख ३५ हजार रुपैयाँसम्म खर्च गरेको विवरण बुझाएका छन् । निर्वाचन कार्यालयमा उमेदवारले बुझाएको विवरणअनुसार चौतारा साँगाचोकगढी नगरपालिका–५ कि वडा सदस्य उमेदवार मंगली विकले निर्वाचनमा सबैभन्दा कम पाँच सयमात्रै खर्चिएकी छिन् । उनले बुझाएको खर्च विवरणअनुसार एक हजार थान प्रचार सामग्री छापेबापत पाँच सय खर्च गरेकी हुन् ।  त्यस्तै, खर्चको विवरण बुझाएकामध्ये लिसंखुपाखर गाउँपालिकाका प्रमुख पदका उमेदवार कमल नेपालले सबैभन्दा बढी तीन लाख ३५ हजार खर्चिएको विवरण बुझएका छन् ।

Global Ime bank

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का सदस्य उमेदवार रामचन्द्र चुनावले एक हजार रुपैयाँ खर्चेको विवरण बुझाएका छन् । प्रचारप्रसारमा पाँच सय र कार्यकर्ता परिचालनमा पाँच सय खर्चिएको विवरणमा उल्लेख छ । यसैगरी नगरपालिकाको मेयर पदका उमेदवार कृष्णबहादुर ठकुरीले पाँच हजार रुपैयाँ चुनावमा खर्च गरेको विवरणमा उल्लेख छ ।

ठूला दलका नेता कार्यकर्ताहरु लाखौं खर्चेर चुनावी सभामा हिँड्दै गर्दा चुनावी प्रचारलाई भड्किलो बनाउन नहुने भन्दै ठकुरी भने संविधानसभाको निर्वाचन २०६४ र ०७० मा ट्याक्टर चढेर चुनावी प्रचारमा हिडेका थिए ।

उमेदवारहरुले स्थानीय तहको निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा (२), स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिताबमोजिम जिल्ला निर्वाचन कार्यालयमा खर्चको विवरण अनिवार्य बुझाउनुपर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १५, २०७४  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC