site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पर्सा १ (क) मा कसको अवस्था कस्तो छ ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वीरगञ्ज । पर्साको क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यका उमेदवार रहबर अन्सारी अहिले चुनावी प्रचारमा व्यस्त छन् । मधेस प्रदेशको प्रदेशसभा सदस्यमा सत्तारुढ गठबन्धनका साझा उमेदवार बनेका अन्सारीले आफ्नो क्षेत्रका जनताको घरैदैलोमा पुगेर मत अपिल गरिरहेका छन् । नेकपा माओवादी केन्द्रका वीरगञ्ज महानगर अध्यक्षसमेत रहेका अन्सारी यसपटक पाँच दलीय गठबन्धनको साथ पाएर जित आफ्नो पक्षमा पार्ने योजनामा छन् ।
 
यसअघि २०७४ सालको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर हुँदै प्रदेशसभा सदस्यमासमेत पराजित भएका अन्सारीलाई गठबन्धनले उमेदवार बनाएर सहज बनाइदिएको छ । वीरगञ्ज महानगरपालिकाको मेयरमा उनले ८ हजार ३०५ मत प्राप्त गरेका थिए भने प्रदेशसभा सदस्यमा ६ हजार ७९४ मत प्राप्त गरेका थिए । ८ हजार ५९३ मत पाएर तत्कालीन संघीय समाजवादी फोरम नेपालका जन्नत अंसारी निर्वाचित भएका थिए । यसपटक टिकट नपाएपछि जन्नत अन्सारीले बागी उमेदवारी दिएका छन् । 

निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेका जन्नतको बागी उमेदवारीले यस क्षेत्रको प्रतिस्पर्धालाई चाखपूर्ण बनाइदिएको छ । उनीसँगै नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धनबाट संविधानसभा सदस्य विचारी प्रसाद यादव पनि प्रतिस्पर्धामा छन् । २०७४ सालको निर्वाचनमा यादव पर्साको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए । यादवले ५ हजार ४८१ मत प्राप्त गरेर तेस्रो स्थानमा चित्त बुझाउँदा सोही क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरम नेपालका प्रदीप यादव निर्वाचित भएका थिए । नेपाली कांग्रेसका अनील कुमार रुंगटा १६ हजार ४८१ मत पाएर दोस्रो स्थानमा थिए । 

नेविसंघ, तरुण दल हुँदै १८ वर्षसम्म नेपाली कांग्रेसमा रहेर राजनीति गरेका सुधीर  पटेलले टिकट नपाएपछि स्वतन्त्र रुपमा उमेदवारी दिएका छन् । युवा मतदाताको मत रहबर र सुधीरमा विभाजित हुने अवस्था देखिन्छ । मुस्लिम समुदायको मत रहबर र जन्नतमा विभाजित हुनेछ । तसर्थ पर्साको क्षेत्र नम्बर १ (क) मा यसपटक रहबर, विचारी, जन्नत र सुधीरबीचको भिडन्त हेर्न लायक हुनेछ । यी चारजनासँगै यही क्षेत्रबाट १८ जनाले उमेदवारी दिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC