site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रत्यारोपण गर्न निकालिएको मिर्गौला डाक्टरले छाडेर हिँडेपछि वीरमा तनाव
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । बुहारीमा प्रत्यारोपण गर्न निकालिएको सासूको मिर्गौला प्रत्यारोपण नगरी सर्जन अस्पतालबाट बाहिरिएपछि वीर अस्पताल दुई दिनयता तनावग्रस्त बनेको छ । डा. पारसमणि नेपाल र डा. अनिल श्रेष्ठ बिरामीका आफन्त र अस्पतालमा समेत जानकारी नगराई हिँडेपछि तनाव उत्पन्न भएको हो ।

गएको मंगलबार उनीहरू वीर अस्पतालबाट हिँडेका थिए । उनीहरू धादिङको गल्छी गाउँपालिका–२, कल्लेरीकी ३५ वर्षीया चमेली गैरेलाई उनकै ५८ वर्षीया सासूबाट मिर्गौला प्रत्यारोपण गर्न खटिएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तीन महिनायता विभिन्न परीक्षण गरी मंगलबार प्रत्यारोपणको ‘डेट फिक्स’ गरिएको थियो । तर, सो मिर्गौला प्रत्यारोपण गर्न नसकिने भन्दै सर्जनहरू अस्पतालबाट बाहिरिएका थिए । त्यसपछि बिरामीका आफन्तहरू आन्दोलित भएका हुन् ।

“हाम्रो बिरामीलाई मंगलबार बिहान १० बजेबाट प्रत्यारोपण सुरु गर्ने भनेर लगिएको थियो । तर, दिउँसो २ बजे एक्कासि चमेलीको नसामा समस्या छ भन्दै प्रत्यारोपण हुन नसक्ने खबर पायौँ । जबकि, हामीले सबै परीक्षण गराइसकेका थियौँ र रिपोर्टमा कुनै खराबी देखाइएको थिएन,” चमेलीका एक आफन्तले भने ।

Royal Enfield Island Ad

अस्पताल भन्छ– बिरामीको अवस्था ठिक छ, तर एउटा मिर्गौला खेर गयो 
तनाव उत्पन्न भएपछि अस्पतालले यस विषयमा छानबिन गर्न सिनियर सर्जन डा. प्रवीण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ । अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेत बिरामीका आफन्तलाई ‘कन्भिन्स’ गरेर पठाइएको र थप कुरा समितिको प्रतिवेदनानुसार गरिने बताउँछन् ।

“अहिले दुवै बिरामीको अवस्था ठिक छ । उहाँको समस्या पहिले थाहा भएको भए यस्तो हुँदैनथ्यो । अब एउटा मिर्गौलाचाहिँ खेर गयो । प्रत्यारोपणमा संलग्न दुवै सर्जनहरू हामीसँगै अस्पतालमै हुनुहुन्छ । अहिले पनि हामी छलफलमै छौँ,” डा. बस्नेतले बाह्रखरीसँग भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro