देश
काठमाडौं । जटिल अपरेशन सेवा अब नवलपुरको कावासोतीमै उपलब्ध हुने भएको छ ।
कावासोतीको कालीगण्डकी नारायणी अस्पतालमा अब नचिरेरै दुरबिनको सहायताबाट ल्याप्रोस्कोपी सर्जरी सुरु भएको छ ।
अहिले यस्तो सेवा दैनिक पाँचजनासम्मले पाइरहेको अस्पतालका निर्देशक डा. छबिलाल थापाले जानकारी दिए ।
पत्थरी तथा पाठेघरको अपरेशनको लागि यो सेवा प्रभावकारी रहेको उनले जानकारी दिए ।
अपरेशन गर्दा चिर्नु नपर्ने र ठूलो घाउ नहुँदा बिरामी छिटो सन्चो हुने र अस्पतालमा पनि धेरैदिन बस्नुनपर्ने अस्पतालका कार्यकारी अध्यक्ष विजयराज न्यौपानेले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९ ०९:४३
प्रतिक्रिया दिनुहोस्