site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सरकारसँग कोरोनाविरुद्धको ६३ लाख डोज खाेप मौज्दात, १९ लाख डोजको म्याद गुज्रिँदै 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । कोरोनाविरुद्धको खोप अभियान सुस्त भइरहेका बेला सरकारसँग मौज्दात रहेको कोभिड १९ विरुद्धको १९ लाख डोज बढी खोपको म्याद नोभेम्बरको अन्तिममा गुज्रिने भएको छ ।

अहिले देशभरका कोल्डचेनमा रहेको ६३ लाख १७ हजार २०६ डोजमध्ये १९ लाख २३ हजार ९८६ डोज फाइजर खोपको आगामी नोभेम्बरमा म्याद गुज्रिने भएको हो । म्याद गुज्रिन लागेको सो खोप नेपाललाई कोभ्याक्स सुविधामार्फत प्राप्त भएको हो ।

१९ लाखमध्ये ९ लाख ५५ हजार १२७ डोज १२ वर्ष माथिका नागरिकमा प्रयोग हुने र ९ लाख ६८ हजार ८५९ डोज ५ देखि १२ वर्षसम्मका बालबालिकामा प्रयोग हुने खोप हो ।  

Agni Group
NIC Asia

देशभरका कोल्डचेनमा गरी अहिले ४३ लाख ५७ हजार ९२५ लाख डोज भेरोसेल, ३५ हजार २५९ डोज जोन्सन एन्ड जोन्सन, १९ लाख २३ हजार ९८६ डोज फाइजर खोप मौज्दात रहेको स्वास्थ्य सेवा विभागअन्तरगत आपूर्ति व्यवस्थापन शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले बताए ।

त्यसमध्ये भेरोसेल खोपको म्याद अझै एक वर्ष बाँकी छ । जोनसन एन्ड जोनसन र फाइजर खाेपकाे भने एक महिनापछि म्याद गुज्रिँदैछ । यसअघि पनि ३ लाख बढी एस्ट्राजेनेका खोप म्याद गुज्रिएर खेर गएको थियो ।

Global Ime bank

तर, म्याद गुज्रिएर खेर गएको खोपको विवरण अहिलेसम्म जिल्लाहरूले शाखालाई उपलब्ध नगराएको थापा बताउँछन् ।  

पछिल्लो समय स्वेच्छाले खोप लगाउन आउनेबाहेक सरकारले अभियान चलाएर कोभिड १९ विरुद्धको खोप दिएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार २८.८ प्रतिशतले मात्रै बुस्टर डोज खोप लगाएका छन ।

सरकारले खरिद गरेको तथा दाताहरूबाट पाएको गरी हालसम्म ६ करोड ३२ लाख ७६ हजार ७१० डोज कोभिड १९ विरुद्धको खोप भित्रिएकोमा ५ करोड ५५ लाख १० हजार ६७६ डोज खोप लगाइएको छ ।

मन्त्रालयका अनुसार कुल जनसंख्याको ८१.४ प्रतिशतले पहिलो र ७९.९ प्रतिशते दुवै डोज खोप लगाएका छन् ।

ठूलो मात्रामा खोप मौज्दात रहेपछि सरकारले दसैँ तिहारकाे बीचमा कोभ्याक्सबाट लिन लागेको १५ लाख डोज खोप तत्काल नल्याउने भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय