site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
जसपाले पार्टीलाई नटेर्ने 'बागी' उमेदवारलाई धमाधम कारबाही गर्दै
SkywellSkywell

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) सर्लाहीका समन्वय समितिले सोमबार राति एउटा विज्ञप्ति सार्वजनिक गर्‍याे । विज्ञप्तिमा तीनजना केन्द्रीय सदस्यसहित चारजनालाई सधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको उल्लेख छ । 

उमेदवारी दर्ताको एक सातापछि जसपाबाट 'बागी' उमेदवारी दिएका केन्द्रीय कार्यकारणी सदस्य रामनरेश राय, केन्द्रीय सदस्य गायत्री देवी साह, राजेश कुमार यादव र मधेस प्रदेश समिति सदस्य गंगा लामालाई कारबाही गरिएको छ । 

उनीहरूलाई पहिला पार्टीले फकाउने प्रयास गरेको थियो । पार्टीको निर्देशन नटेरेपछि कारबाही गरिएको छ । पार्टीको अनुशासनविपरीत गएको भन्दै कारबाही गरिएको जिल्ला अध्यक्ष वीरेन्द्र कुमार रायले पनि पुष्टि गरे । "पहिले पार्टीले उनीहरूलाई उमेदवारी फिर्ता लिन आग्रह गरेको थियो । नमानेपछि स्पष्टीकरण पनि सोधिएको थियो," उनले भने, "त्यसको जवाफ नआएपछि र पार्टीको निर्देशन नमानेपछि कारबाही गरिएको छ ।"

KFC Island Ad
NIC Asia

कारबाहीमा परेका रामनरेश राय ०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित थिए । पछि जसपाबाट अलग्गिएर महन्त ठाकुरको नेतृत्वमा लोसपा बन्दा उनले जसपा नै रोजे । त्यतिबेला उनी मधेस प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत थिए । जसपा रोज्दा केही दिन उनको मन्त्री पद पनि जोगिएको थियो । तर, पछि सरकारमा अन्य दललाई सहभागी गराउँदा उनलाई पदमुक्त गरिएको थियो । उनले राजीनामा दिन मानेका थिएनन् । त्यतिबेलादेखि नै पार्टीमा उनको असन्तुष्टि छ । 

आसन्न निर्वाचनमा पनि गठबन्धनका कारण पार्टीबाट उनी उमेदवार बन्न पाएनन् । त्यसपछि उनले सर्लाही क्षेत्र नम्बर २ को (क)बाट स्वतन्त्र रूपमा उमेदवारी दर्ता गराए । र, प्रचारप्रसारमा व्यस्त भए ।

याे क्षेत्रमा नेकपा एमाले र जसपाबीच चुनावी तालमेल भएको छ । उनले बागी स्वतन्त्र उमेदवारी दिएको सिट एमालेको भागमा परेको छ । यहाँ एमालेले राजनारायण यादवलाई उमेदवार बनाएको छ । उनी एमाले जिल्ला अध्यक्षसमेत छन् । 

सर्लाहीमा जसपाले कारबाही गरेका चारै जनाले बागी उमेदवारी दिएका छन् । गायत्रीदेवी साहले क्षेत्र नम्बर ३ को (ख), राजेश कुमार यादव क्षेत्र नं. २ (ख) र गंगा लामाले क्षेत्र नं. ३ (क)बाट प्रदेशसभा सदस्यमा उमेदवारी दिएका छन् । यी सबै क्षेत्रमा जसपा–एमालेबीच तालमेल भएको छ ।

सोमबार नै महोत्तरीमा पनि जसपाले केन्द्रीय सदस्य कृष्ण शंकर साहलाई कारबाही गरेको छ । उनीमाथि पार्टीको नेत्रीमाथि दुर्व्यवहार गरेको आरोप छ ।

यस्तै, गत असोज २६ गते पर्सा जिल्ला समितिले पनि सातजनालाई कारबाही गर्‍याे ।

पार्टीले केन्द्रीय सदस्य करिमा वेगम, प्रदेश समिति सदस्य जन्नत अन्सारी, गौरीशंकर साह, प्रदेश परिषद् सदस्य शिवकुमार साह, युवा नेता कुमार दुवेदी, रुपेशमान सिंह र प्रमोद जयसवाललाई कारबाही गरेको थियो ।  उनीहरूमध्ये पाँचजनाले बागी उमेदवारी दिएका छन् ।

वेगमले पर्सा क्षेत्र नं. २ (ख), अन्सारीले क्षेत्र नं. १ (क), द्विवेदी र सिंहले पनि क्षेत्र नं. २ (ख), जयसवालले क्षेत्र नं. ३ (क) बाट उमेदवारी दिएका छन् । नेपाल सुशासन पार्टीमा गएर शिवकुमार र गौरीशंकर साहले क्रमशः क्षेत्र नं. ३ (क) र ३ (ख)बाट उमेदवारी दिएका छन् ।

जसपाबाट कारबाहीमा परेका यी प्रतिनिधिमुलक पात्र मात्र हुन् । अन्य जिल्लामा पनि बागी उमेदवारी दिएकालाई कारबाही गरिएको छ ।

मधेस प्रदेश समितिका सचिव दिनेश यादवका अनुसार सबै जिल्लाबाट विवरण आउने क्रममा रहेको बताए ।

"पार्टीबाट राजीनामा दिइसकेका वा अन्य पार्टी प्रवेश गरेकालाई कारबाही गर्ने कुरै भएन, उनीहरूको च्यापटर क्लोज भइसक्यो," उनले भने, "जसले पार्टीमा भएर पनि आफ्नै वा तालमेल गरिएको दलका उमेदवारविरुद्ध लागेको छ त्यस्तालाई कारबाही गर्दैछौँ । १२ जनालाई कारबाही गरिसकेका छौँ । त्यस्ता अन्य नेता पनि पाइपलाइनमा छन् । कतिपयले उमेदवारी फिर्ता लिने तयारी पनि गरिरहेका छन् ।" 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  २१:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro