site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पौडीमा सोमबार सात राष्ट्रिय कीर्तिमान 
SkywellSkywell

काठमाठौं । नवाैँ राष्ट्रिय खेलकुदमा सोमबार पौडी प्रतियोगितामा सात राष्ट्रिय कीर्तिमान बनेका छन् । 

पुरुषको ४०० मिटर फ्रीस्टाइलमा त्रिभुवन आर्मीका नासिर हुसेनले आफ्नै कीर्तिमान भङ्ग गर्दै नयाँ कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । नासिरले निर्धारित दुरी ४ मिनेट ०८.६७ सेकेण्डमा पार गर्दै स्वर्ण पदक जितेका हुन् । यसअघि उनले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा ४ मिनेट ३३.०५ सेकेण्डको कीर्तिमान बनाएका थिए । 

यस स्पर्धामा रजत पदक जित्ने एनआरएनएका आशिष सापकोटाले ४ मिनेट २२.४५ सेकेण्डमा दुरी पारे । वाग्मतीका इर्भिन श्रेष्ठले ४ मिनेट २५.७४ सेकेण्डमा दुरी गर्दै काश्य पदक जित्न सफल भए । 

Dabur Nepal
NIC Asia

310064719_3233415633574895_692193419083913359_n1666026677.jpg

पोखराको बिरौटास्थित फिस्टेल एकेडेमीमा भएको प्रतियोगितामा १०० मिटर बटरफ्लाईमा पनि नासिरले राष्ट्रिय कीर्तिमान बनाए । नासिरले ५७.८६ सेकेण्डमा दुरी पूरा गर्दै कीर्तिमान बनाउन सफल भएका हुन् । यस स्पर्धामा यसअघि अनुभव सुब्बाको नाममा ५९.७७ सेकेण्डको कीर्तिमान थियो । अनुभवले २५औँ खुला राष्ट्रिय पौडी च्याम्पियनसिपमा उक्त कीर्तिमान बनाएका थिए । 

यस स्पर्धामा एनआरएनएका आशिष सापकोटाले ५९.६८ सेकेण्ड दुरी पूरा गर्दै रजत पदक जिते । अनुभव सुब्बाले ५९.७३ सेकेण्डमा दुरी पूरा गरी काश्य पदक जिते । 

309351431_826385751879147_4576724447129627280_n (1)1666026675.jpg

पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा एनआरएनएका आशिष सापकोटाले २ मिनेट २९.६० सेकेन्डको नयाँ कीर्तिमान बनाउँदै स्वर्ण पदक जिते । यस स्पर्धामा यसअघि सुभम श्रेष्ठको नाममा २ मिनेट ३१.१५ सेकेण्डको कीर्तिमान थियो । प्रदेश–१ का विकास कुमालले २ मिनेट ३०.७६ सेकेण्डमा दुरी पार गरी रजत पदक जिते । वाग्मतीका सेरेन सिंहले २ मिनेट ३६.७४ सेकेण्डमा दुरी पूरा गरी काश्य पदक जिते । 

पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा त्रिभुवन आर्मीका एलेक्जेण्डर शाहले २७.४६ सेकेण्डको कीर्तिमानसहित स्वर्ण पदक हात पारे । उनले आजै बिहान भएको हिट चरणमा आफुले नै बनाएको २७.५४ सेकेण्डको कीर्तिमान तोडेका हुन् । एपीएफका तेन्जिङ्ग नाम्दो रायन गुरुङले २९.६१ सेकेण्डमा दुरी पूरा गरी रजत र आर्मीकै अनुभव सुब्बाले काश्य पदक जिते । 

309351431_826385751879147_4576724447129627280_n1666026673.jpg

पुरुष ४०० मिटर फ्रीस्टायल रिलेमा पनि राष्ट्रिय कीर्तिमान बनेको छ । त्रिभुवन आर्मीका अनुभव सुब्बा, दिलिप थापामगर, नासिर हुसेन र एलेक्सजेण्डर शाहको टिमले ३ मिनेट ४५.५१ सेकेण्डमा दुरी पूरा गरी कीर्तिमानसहित स्वर्ण पदक जिते । नेपाल पुलिसका गौरब लामा, दिपंकर अवाले, सानीशंकर बहादुर रघुराजवंशी र सुविज्ञमान तुलाधरको टिमले ३ मिनेट ४६.३७ सेकेण्डमा दुरी पूरा गरी रजत पदक जित्यो । 

१३औँ सागमा एलेक्सजेण्डर शाह, अनुभव सुब्बा, सैयद हेम्जा शाह र तेन्जिन नामडोल रायन गुरुङको टिमले बनाएको ३ मिनेट ४६.९७ सेकेन्डको कीर्तिमानलाई तोड्दै आजै बिहान हिट चरणमा पुलिसको टिमले ३ मिनेट ४६.८३ सेकेण्डको कीर्तिमान बनाएका थिए । तर, यो कीर्तिमानले फाइनलमा आर्मीका खेलाडीले भङ्ग गरे । 

307941234_1726008844441435_6869501251047784349_n1666026675.jpg

महिला १०० मिटर बटरफ्लाईमा एनआरएनएकी एश्ले सापकोटा डंगोलले राष्ट्रिय कीर्तिमान कामय गर्ने क्रममा १ मिनेट ७.७४ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितिन् । एश्लेले गौरिका सिंहले आठौँ राष्ट्रिय खेलकुदमा बनाएको १ मिनेट ०९.९७ सेकेण्डको कीर्तिमान तोडेकी हुन् । यस स्पर्धामा नेपाल पुलिसकी मेगन गुरुङले १ मिनेट १४.५२ सेकेण्डमा दुरी पूरा गरी रजत र वाग्मतीकी रोशा न्यौपानेले १ मिनेट १८.७४ सेकेण्डमा दुरी पूरा गरी काश्य पदक जिते । 

महिला २०० ब्रेस्टस्ट्रोकमा त्रिभुवन आर्मीकी डुवाना लामाले २ मिनेट ४३.२३ सेकेण्डमा दुरी पूरा गरी राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितिन् । उनले आजै विहान हिट चरणमा आफैले बनाएको २ मिनेट ४४.२८ सेकेण्डको कीर्तिमान तोडेकी हुन् । आर्मीकै उपास्ती महर्जनले २ मिनेट ५६.९७ सेकेण्डमा दुरी पार गर्दै रजत र नेपाल पुलिसकी अदिप्सा बैद्यले ३ मिनेट ०.०३ सेकेण्डमा दुरी पूरा गरी काश्य पदक जितिन् । 

311492631_1032252684840229_9106520940760388525_n1666026673.jpg

महिला ५० मिटर ब्याकस्ट्रोकमा ओलम्पियन गौरिका सिंहले स्वर्ण जितिन् । त्रिभुवन आर्मी क्लबकी गौरिकाले ३०.८० सेकेण्डमा दुरी पुरा गरी स्वर्ण पदक जितेकी हुन् ।

महिला ८०० मिटर फ्रीस्टाइल रिलेमा आर्मीका अनुशिवा तण्डुकार, उपास्टी महर्जन, डुवाना लामा र गौरिका सिंहको टिमले ९ मिनेट २७.७३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण पदक जिते । नेपाल पुलिसका आर्या महर्जन, सरासी खड्का, समिरा थापामगर, मेगान गुरुङको टिमले १० मिनेट ०१.३० सेकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जिते । १० मिनेट ०९.५७ सेकेन्डमा निर्धारित दूरी पार गर्ने वाग्मती प्रदेशका रोशा न्यौपाने, श्रेनु महर्जन र सारिया महर्जनले काश्य पदक जिते ।

तेस्रो दिन सकिँदा १६ स्वर्ण ५ रजत र ६ काश्य गरी कुल २७ पदक जितेर त्रिभुवन आर्मी शीर्ष स्थानमा छ ।

एनआरएनए ६ स्वर्ण, ६ रजतगरी कुल १२ पदकसहित दोस्रो स्थानमा छ ।

एपीएफ ३ स्वर्ण, ४ रजत र ३ काश्य गरी कुल १० पदकसहित तेस्रो स्थानमा छ ।

पुलिस १ स्वर्ण, ५ रजत, ९ काश्य गरी कुल १५ पदकसहित चौथो र प्रदेश–१ एक स्वर्ण, ३ रजत र १ काश्य गरी कुल ५ पदकसहित पाँचौं स्थानमा छ ।

४ रजत, र ८ काश्य गरी कुल १२ पदक जितेको वाग्मती छैटौँ स्थानमा छ ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  २२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu