काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरूमा आठ अर्ब रूपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघका अनुसार असोज २१ देखि २८ गतेसम्म वाणिज्य बैंकहरूमा ८ अर्ब १८ करोड रुपैयाँ निक्षेप थपिएको हो ।
असोज २१ गतेसम्म ४५ खर्ब १० अर्ब ९७ करोड रुपैयाँ कायम थियो भने असोज २८ गतेसम्म ४५ खर्ब १९ अर्ब १६ करोड रूपयाँ कायम भएको छ ।
त्यस्तै एक साताको अवधिमा ६२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । २१ गतेसम्म ४१ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ कायम थियो भने असोज २८ गतेसम्म ४१ खर्ब ९३ अर्ब २४ करोड रुपैयाँ कायम भएको छ ।
असोज २८ गतेसम्म वाणिज्य बैंकहरूको कर्जा र निक्षेपबीचको अनुपात (सीडी रेसियो) ८६.९६ प्रतिशत कायम भएको छ । पछिल्लो समय वाणिज्य बैंकहरूको सीडी रेसियो सन्तुलनमा रहेको देखिन्छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई ९० प्रतिशतभन्दा कम सीडी रेसियो कायम गर्न निर्देशन दिएको छ ।