site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्यमोहन जोशीको पार्थिव शरीर कहिलेसम्म कसरी राखिन्छ ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ वर्षको उमेरमा आज बिहान निधन भयो । उनको शव किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ग्वार्को ललितपुरमा राखिएको छ ।

जोशीले २०७७ साउन २९ गते आफ्नो मृत्युपर्यन्त मेडिकल अध्ययन प्रयोजनका लागि किस्ट मेडिकल कलेजलाई शरीर दान गरेका थिए । जोशीको सोही इच्छाअनुरूप उनको शवलाई अब किस्ट अस्पतालले नै सुरक्षित राख्नेछ ।

के के गरिन्छ अस्पतालमा उनको मृत शरीरलाई ?
चिकित्सा विज्ञानका अनुसार मानिसको स्वाभाविक मृत्यु भएको तीन देखि पाँच दिनसम्ममा भित्री अंगहरू सड्न थाल्छन् र विस्तारै बाहिरी अंगहरूमा असर देखिँदै जान्छ । तर स्वच्छाले शरीर दान गर्नेहरूको शरीरलाई भने लामो समयसम्म नसड्नेगरी औषधि तथा रसायनहरूमा राखिन्छ, जसलाई ‘इम्बाल्मिङ’ भनिन्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

जोशीको निधन आज बिहान ७ बजेर ९ मिनेटमा भएको थियो । मृत्युको एक घण्टापछि अस्पतालले इम्बाल्मिङ प्रक्रिया गरिसकेको थियो । अब भने उनको शरीरलाई कुल च्याम्बरमा राखिने छ, जहाँ मृत शरीरर वर्षौंसम्म ताजा राख्न सकिन्छ ।

 

Royal Enfield Island Ad
किस्ट अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यका अनुसार अबको प्रक्रिया कसरी अगाडि बढाउने भन्नेबारे अस्पतालले फरेन्सिक विभाग अन्तर्गत एउटा कमिटी नै गठन गरेको छ । सोही कमिटीको निर्णय अनुसार नै जोशीको शरीरका विभिन्न अंगहरूको अध्ययन हुनेछ ।

पहिलो चरणमा जोशीको शरीरका अंगहरू कुन अवस्थामा छन् र उनी जीवित रहँदा ती अंगहरूले कसरी काम गरेका थिए भन्नेबारे सुक्ष्म अध्ययन गरिनेछ ।

"उहाँको इच्छा नै थियो कि आफ्ना शरीरका हरेक अंगहरूको सुक्ष्म अध्ययन होस्, हामी सोही अनुसार नै अघि बढ्नेछौँ," डा. बज्राचार्यले भने ।

उनका अनुसार जोशीको शरीरका विभिन्न अंगहरूको विद्यार्थीबाट मात्र नभएर शोधकर्ताहरूबाट पनि सुरक्षित तवरले अध्ययन गरिनेछ । जसबाट उनी कसरी यति लामो जीवन बाँच्न सफल भए, दिमाग र अन्य अंगले कसरी काम गर्थे भन्ने पहिचान गर्न सकिनेछ ।

डा. बज्राचार्य भन्छन्, "जोशीको मृत शरीर वर्षौंसम्म पनि सुरक्षित रहनसक्छ । यसले समग्र चिकित्सा प्रणालीलाई नै ठूलो सहयोग हुनेछ ।"

 

नेपालमा शरीर दान नयाँ विषय भने होइन । वरिष्ठ फरेन्सिक मेडिसिन विशेषज्ञ डा. हरिहर वस्ती कतिपय आत्महत्या गरेका व्यक्तिहरूले समेत मृत्युपर्यन्त आफ्नो शरीर अध्ययन प्रयोजनका लागि राखियोस् भनेर सुसाइड नोटमा लेखेका आधारमा उनीहरूको शरीर यसरी नै राखेर अध्ययन गरिएको बताउँछन् । यसरी हुने शरीर दानबाट फरेन्सिक चिकित्सा क्षेत्रका लागि ठूलो सहयोग हुने डा. वस्तीको बुझाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  २०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro