site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीस वर्षपछि नहरमा पानी
प्रतीकात्मक तस्बिर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

मोरङ । बीस वर्षपछि मोरङको महादेवकोल शाखा नहरमा पानी पुगेपछि त्यहाँका किसान हर्षित भएका छन् । सुनसरी मोरङ सिँचाइ आयोजना मातहतमा रहेको महादेवकोल शाखा नहर लामो समयदेखि बालुवा र माटोले पुरिएपछि नहरमा पानी चल्न सकेको थिएन । नहरमा पानी नहुँदा त्यस क्षेत्रका जनता सिँचाइ सुविधाबाट वञ्चित भएका थिए ।
    
त्यस क्षेत्रमा कृषिमा सिँचाइ सेवा पुर्याउने गरी पाँच दशकअघि निर्माण भएको उक्त शाखा नहरमा दुई दशकदेखि पानी सञ्चालनअवरुद्ध भएको थियो । सुनसरी मोरङ सिँचाइ आयोजना विराटनगरले नहरमा थुप्रिएको बालुवा र माटो सफाइ गरेपछि पानी सञ्चालन भएको हो । मोरङ जहदा गाउँपालिका–४ मा मात्र करिब पाँच सय बिघा जग्गामा अहिले पानी पुग्दा किसान हर्षित भएको सो शाखा नहरका जल उपभोक्ता समितिका अध्यक्ष देवानन्द साहले बताए । उक्त क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत तरकारीको पकेट क्षेत्र हो । यहाँका किसान मौसम अनुसारको बाली लगाउँछन् । 

“बाली मात्र लगाएर के गर्नु पहिले त नहर भएर पनि सिँचाइ थिएनन् । अहिले नहरका पानी बगेको देखेर किसानको अनुहारमा उज्यालो आएको छ”, अध्यक्ष साहले भने, “बाली र मानवको लागि पानी निकै महत्व छ, यो बिना दुबैको जीवन अन्धकार हुन्छ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

धान, मकै, गहुँ प्रर्याप्त उत्पादन हुने यो क्षेत्रमा तरकारी पनि प्रशस्त उत्पादन हुन्छ । यो क्षेत्र तरकारीका लागि पकेट मानिन्छ । यो क्षेत्र तरकारी पकेट क्षेत्र भएको र यसमा परियोजनामार्फत कृषि उत्पादन बढाउन लगानी पनि भइरहेको अध्यक्ष साहले बताए । धान, मकै र गहुँ बाली भन्दा पनि तरकारी उत्पादन गरेर यस क्षेत्रका जनताको जीवनस्तरमा निकै परिवर्तन आएको स्थानीय किसान हरिनाथप्रसाद सिंहले बताउँछन् । उनले पनि एकदेखि दुई बिघा जग्गामा तरकारी लगाएका छन् । 

 “तरकारी उत्पादन त गर्छु तर, बजार अभाव छ, ग्रामीण क्षेत्र भएकाले बाटोको असुविधा छ, बाटो राम्रो भएको भए हामीले उत्पादन गरेको तरकारी सजिलै सहरसम्म पुर्याउन सक्थ्यौँ भने ”, उनले यहाँका किसानले प्रयोगगर्ने दुई किमी बाटो व्यवस्थित भयो भने निकै सुविधा हुने थियो ।”    

Royal Enfield Island Ad

अर्का किसान नहरको दुबै तर्फ तरकारी उत्पादक किसान रहेकाले नहर दुबै तर्फ गर्न केही स्थान सुनसरी मोरङ सिँचाइ आयोजनाले कल्भर्ट बनाइदिनुपर्ने माग गरे । आयोजनाका इञ्जिनीयर महेश चौधरीले किसानको माग र आवश्यकता अनुसार नहर सञ्चालनमा ल्याइएको बताए । 
    
आयोजनाका प्रमुख भिलानन्द यादवले सुनसरी मोरङ सिँचाइ आयोजनाले सुनसरीमा ४० हजार र मोरङमा २८ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले नहर निर्माण गरेको बताए । उनले नहर स्थानमा अहिले पनि पानी चल्ने समस्या देखिएपछि नहरलाई सफाइ गर्ने योजना बनाएर अघि बढिरहेको जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro