अर्थ व्यवसाय
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष दीपक पाण्डेले अबको यात्रा आर्थिक समृद्धिको भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘दिगो आर्थिक विकास’ कार्यक्रमको उद्घाटन समारोहमा यस्तो बताएका हुन् ।
उनले दिगो विकासको गति कमजोर भएको पनि बताए । आयातित अर्थतन्त्रले विकास हुन नसकेको उनको भनाइ छ ।
उत्पादन बढाउन नसकेसम्म आर्थिक विकास सम्भव नहुने भन्दै उनले स्थायी सरकारको आवश्यकता रहेको बताए । असल सरकार भए मात्र विकास सम्भव हुने उनले उल्लेख गरे । बाह्य लगानी पर्याप्त भित्रन नसकेको उनले बताए ।
चार्टर्ड एकाउन्टेन्ट्सहरूले राज्य र निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए ।
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९ १०:२६
प्रतिक्रिया दिनुहोस्