बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सिद्धार्थनगर नगरपालिकाका सभापति चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
गृहमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण र जिल्ला सभापति रामकृष्ण खाँणले शुक्रबार बिहान उनलाई पार्टीको सदस्यता प्रदान गरे ।
उनी नेवा खलः सिद्धार्थ नगर समितिको उपाध्यक्ष पनि हुन् । लुम्बिनी विकास कोषमा काम गरिसकेका श्रेष्ठ प्राकृतिक चिकित्सा विज्ञानमा समेत दख्खल राख्छन् ।
पार्टी प्रवेश गरेलगत्तै उनलाई कांग्रेस रुपन्देहीको आमन्त्रित जिल्ला सदस्यमा नियुक्त गरिएको जिल्ला सभापति खाँणले बताए ।
उनी नेकपा (एमाले)को समर्थनमा राप्रपाका तर्फबाट उमेदवार रहेका दीपक बोहोराको चुनावी प्रचार सहयात्री थिए ।