site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको सर्वोच्च अदालतले ‘हिजाब’बारे निर्णय दिन सकेन 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

नयाँदिल्ली । भारतको सर्वोच्च अदालत विद्यालय तथा कलेजहरूमा मुस्लिम छात्राहरूले हिजाब लगाउन पाउने वा नपाउने भन्नेबारे निर्णय दिन असफल भएको छ ।

अदालतमा दुईजना न्यायाधीशले विरोधाभासपूर्ण दृष्टिकोण अघि सारेपछि सर्वोच्च अदालत यस विषयमा निर्णयमा पुग्न असफल भएको हो । 

इस्लामलाई हिजाबको आवश्यकता नरहेको भन्दै गत मार्च महिनामा कर्णाटकको एक उच्च अदालतले दिएको आदेशको समर्थन सर्वोच्चका एकजना न्यायाधीशले गरेका हुन् । त्यसैगरी अर्का न्यायाधीशले उक्त उच्च अदालतले सुनाएको आदेश त्रुटिपूर्ण रहेको र हिजाब लगाउनु वा नलगाउनु छात्राहरूका आफ्नो छनौटको विषय भएको बताएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सर्वोच्च अदालतले विगत दश महिनादेखि भारतमा ठूलै विवादको रूपमा रहेको बहसको अन्त्य गर्ने आशा राखिएको थियो । तर, बिहीबारकाे अर्णिनित अवस्थाले हिजाबको विवादले भारतीय जनता र न्यायालयलाई अझै अगाडि तानिरहने जस्तो देखिएको छ ।

यस विषयमा अन्तिम निर्णय दिन असफल न्यायाधीशहरूले भारतका प्रधान न्यायाधीशलाई एउटा ठूलो इजलासका लागि सिफारिस गर्न अनुरोध गरेका छन् । 

Royal Enfield Island Ad

दुईजना न्यायाधीशको इजलासको नेतृत्व न्यायाधीश हेमन्त गुप्ताले गरेका थिए । दोश्रो न्यायाधीश सुधांशु धुलिया थिए ।

यसै वर्षको सुरुआतमा कर्णाटक राज्यको उडुपी जिल्लामा रहेको एउटा सरकारी कलेजमा छ जना मुस्लिम छात्रालाई कक्षाकोठामा हिजाब लाउन बन्देज लगाइएपछि यसले विवादको रूप लिन थालेको हो । 

त्यतिबेला कलेज प्रशासनले तिनीहरूलाई कक्षाकोठामा मात्र हिजाब नलगाउन तथा कलेज परिसरका अन्य क्षेत्रमा लगाउन पाउने बताएको स्पष्टीकरण दिएको थियो । तर, छात्राहरूले भने आफूहरूलाई केही शिक्षकहरूले समेत अध्यापन गर्ने भएकाले आफूहरूले कक्षा कोठाभित्र पनि हिजाब लगाउन पाउनुपर्ने ढिँपी गरेका थिए ।

मुस्लिम छात्राहरूविरुद्ध हिन्दु विद्यार्थीहरूले पनि विरोध प्रदर्शन सुरु गरेपछि कुनै पनि अप्रिय घटना नहोस् भन्ने उद्देश्यले केही दिन कलेजै बन्द गरिएको थियो ।  

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  २२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro