काठमाडौं । आउँदाे कात्तिकमा वाणिज्य बैंकहरूको ब्याजदर नबढ्ने भएको छ ।
नेपाल बैंकर्स संघले कात्तिकमा ब्याजदर नबढाउने निर्णय गरेको हो ।
असोजमा ब्याज बढाउँदासमेत निक्षेप वृद्धि नभएपछि संघले ब्याजदर वृद्धि नगर्ने सहमति गरेको नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बताए ।
उनका अनुसार ब्याज बढाउँदा निक्षेप नबढेकाले निक्षेपको ब्याजदर नबढाउने सहमति भएको छ । “औपचारिक रूपमा ब्याजदर नबढाउने निर्णय त भएको छैन । म अहिले बाहिरी जिल्लामा छु । साथीहरूले औपचारिक निर्णय भोलि गर्नुहुने बताइएको छ,” उनले भने, “भोलिसम्म यो निर्णय हुनेछ । कात्तिकमा ब्याजदर भने बढ्दैन ।”
गत फागुनदेखि गर्दै आएको भद्र सहमति राष्ट्र बैंकको दबाबमा तोड्ने निर्णय भएको छ ।
कर्जाको ब्याजदर भने बढ्ने भएको छ ।
बेसरेट बैंकहरूले बढाउने भएकाले कर्जाको ब्याजदर भने बढ्ने उपाध्यायले बताए । यससम्बन्धी औपचारिक निर्णय भोलिमात्र हुने उपाध्यायले बताए ।