site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
साउदीले तेल उत्पादनमा कटौती गरेपछि अमेरिका आक्रोशित
फाइल तस्बिर ।
SkywellSkywell

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले तेल उत्पादन कटौतीका लागि साउदी अरेबियाले परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । गत साता कोरोना भाइरस महामारीपछिकै पहिलोपटक ओपेकले ठूलो परिणाममा तेल उत्पादन कटौती गर्ने घोषणा गरेको थियो ।

तेल उत्पादन समूहका वास्तविक नेता साउदी अरेबियाले गरेको यस निर्णयको अमेरिकाको क्यापिटल हिलस्थित वरिष्ठ डेमोक्रेटहरूले आलोचना गरेका छन् । 

Dabur Nepal
NIC Asia

विश्वमा पेट्रोलको अभाबसँगै यसको मूल्य बढ्न थालेपछि दोस्रो ठूलो तेल निर्यातक राष्ट्र रुसलाई मद्दत पुगिरहेको छ । यसबाट रुसलाई युक्रेन युद्धमा अर्थ लगानी गर्न सहयोग पुगेको छ । 

सीएनएनका पत्रकार जेक ट्याप्परलाई अन्तर्वार्ता दिने क्रममा बाइडेनले साउदी अरेबियालाई संकेत गर्दै भनेका छन्, "तिनीहरूले रुसलाई गरेको व्यवहारको केही परिणामहरू देखिने छन् । म मलाई मनमा लागेको र मैले सोचेको कुरामा गहिरिन्न । तर केही परिणामहरू निस्कने छन् । मद्यावधि चुनाव पछि महाधिवेशनमा फर्कंदा अमेरिकी कंग्रेसले कारबाही थाल्नेछ ।" 

त्यसैगरी ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जिन–पिर्रेले मंगलबार बिहान सबेरै प्रेस ब्रिफिङको क्रममा ओपेकको रुसी युद्धलाई पायक पर्ने गरी भएको ऊर्जा नीति निर्णयपछि अमेरिकाले साउदीसँगको सम्बन्धमाथि नै पुनर्विचार गर्ने बताएकी छन् ।

एनबीसी न्युजबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  २२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro