राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)बाट बागी उमेदवारी दिएका २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
पार्टीले दिएको निर्देशनबमोजिम उनीहरूले उमेदवारी फिर्ता लिएका हुन् ।
मंगलबार गठबन्धनका तर्फबाट बागी उमेदवारी दिएकाहरूलाई उमेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिइएको थियो ।
निर्देशनअनुसार प्रतिनिधिसभातर्फ चारजना र प्रदेशसभातर्फ १८ जनाले उमेदवारी फिर्ता लिएको अध्यक्ष माधवकुमार नेपालले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । केन्द्रबाटै उमेदवारी खारेजको पत्र ढिलो पुग्दा कतिपय उमेदवारी कायमै रहेको छ ।
हेर्नुहोस् सूची
प्रकाशित मिति: बुधबार, असोज २६, २०७९ १७:०६
प्रतिक्रिया दिनुहोस्