बुटवल । निर्वाचन कार्यालयले स्वतन्त्र उमेदवार डा. निकोलस भुसाललगायत तीन जनाको उमेदवारी खारेजीको माग गर्दै रुपन्देही २ निर्वाचन अधिकृतको कार्यालय घेराउ गरेका छन् ।
भुसालका समर्थकहरुले नाराबाजीसहित निर्वाचन कार्यालय घेराउ गरेका हुन् । उनीहरुले सेटिङ खारेज गर, निर्वाचन अधिकृत मुर्दावाद, निर्वाचन अधिकृत राजिनामा दे, निर्वाचन आयोग विष्णु पौडेलको विर्ता होइन, निर्वाचन स्वच्छ हुनुपर्छ, रातको १२ बजे किन सेटिङ ? लगायतका नाराबाजी गरिरहेका छन् ।
स्थिति नियन्त्रणमा लिन बाक्लो अवस्थामा प्रहरी, सशस्त्र र नगर प्रहरी परिचालित भएका छन् ।
रूपन्देहीको क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका सत्ता गठबन्धनका राजु गुरुङ, हाम्रो नेपाली पार्टीका कमल भुसाल(डा निकोलश) र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी खारेज भएको सुचना प्रकाशन भएका थिए।तीन जनाविरूद्ध निर्वाचन आयोगमा परेको उजुरीमाथि छानबिन गरी उमेदवारी खारेज गरिएको निर्वाचन कार्यालयले जनाएको थियो ।