साहित्य
काठमाडौं । बलिउड हिरोइन भाग्यश्री नेपाल आएर पशुपतिनाथ मन्दिर, पाटन दरबार स्क्वायरलगायत ठाउँ घुमेकी छन् ।
नेपाल पर्यटन बोर्डको निम्तोमा नेपाल आएकी उनले नेपालमा घुम्न योग्य थुप्रै ठाउँ रहेको बताएकी छन् । पर्यटन बोर्डले तयार पारेर सेयर गरेको छोटो भिडियोमा उनले मःम र कफीसँग रमाइलो गर्नसक्ने पनि जनाएकी छन् ।
नेपालको मौसम राम्रो रहेको भन्दै उनले नेपाल पर्यकीय देश रहेको पनि बताएकी छन् ।
पटक–पटक आउने प्रयास गरे पनि सम्भव नभएको बताएकी उनले अब परिवारसहित नेपाल आउने पनि प्रतिबद्धता जनाएका छन् । उनले काठडमाडौं शान्त र सुन्दर रहेको भन्दै यो घुम्नै पर्ने ठाउँ रहेको बताएकी छन् ।
दुई दिने नेपाल भ्रमण सकेर उनी मंगलबार अपराह्न स्वदेश फर्किएकी छन् ।
प्रकाशित मिति: बुधबार, असोज २६, २०७९ १०:४३
प्रतिक्रिया दिनुहोस्