अर्थ व्यवसाय
काठमाडौं । लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालीले विश्व कप २०२२ लक्षित ‘टेस्ट ड्राइभ क्याम्पेन’को विजेता घोषणा गरेको छ ।
‘गोल अफ द सेन्चुरी’ अन्तर्गत ‘हुण्डाइ टेस्ट ड्राइभ वाच लाइभ फिफा वर्ल्ड कप २०२२’ को विजेता घोषणा गरिएको हो । शेर बहादुर जि.सी र हस्त माया गुरुङ विजेता बनेका छन् ।
जि.सी र गुरुङले आफ्नो रोजाइको एक–एक व्यक्ति साथमा लिइ कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन् ।जसको सम्पूर्ण खर्च हुण्डाइ नेपालले बेहोर्नेछ ।
यो क्याम्पेनमा सहभागी हुनको लागि हुण्डाइको १७ वटा सोरूमहरूबाट कुनै पनि हुण्डाइ गाडीको टेस्ट ड्राइभ गरि आफूलाई रजिस्टर गर्नुपर्ने थियो । यस क्याम्पेन १९ जुलाईदेखि ३० सेप्टेम्बरसम्म चलेको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९ १७:५३
प्रतिक्रिया दिनुहोस्