site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘जलविद्युतलाई हाइट्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्छौं’  
SkywellSkywell

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले नेपालका जलस्रोतलाई जलविद्युतमा विकास गरी हाइट्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताएकी छन् । 

सोमबार काठमाडौंमा भएको ग्रिन हाइड्रो सम्मेलनमा बोल्दै मन्त्री भुसालले जलविद्युतको स्रोतको रुपमा विद्युत प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत खपत बढाउने, जलविद्युतलाई हाइट्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताएकी छन् । 

Dabur Nepal
NIC Asia

उनले जलविद्युतलाई हाइट्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने विषयमा मन्त्रालयले आवश्यक तयारी गरेको पनि बताइन् । मन्त्री भुसालले जलविद्युतको प्रयोगबाट हाइट्रोजनबाट रासायनियक मलको उत्पादनका विषयमा पूर्वसम्भाव्यता अध्ययन गरिसकेको बताइन् । उनले हाइट्रोजन ऊर्जा उत्पादनको कार्य अगाडि बडाउन ऊर्जा मन्त्रालयको पहलमा नेपाल विद्युत् प्राधिकरण र कोरियाको ग्लोवल ग्रिन इन्स्टिच्यूटबीच समझदारी भएको जानकारी दिइन् । 

मन्त्री भुसालले सन् २०३० भित्रै दिगो विकास र सन् २०२६ मध्यम आय भएको मुलुकको लक्ष्य प्राप्त गर्न सबल अर्थतन्त्रको विकास हुन आवश्यक रहेको दाबी गरिन् । उनले विश्वले अहिले हाइट्रोजन ऊर्जाको विषयमा चासो र प्राथमिकतासहित नीति निर्माण र प्रविधिको विकास गर्ने, खपतको क्षेत्र निर्धारण गरी अध्ययन अनुसन्धान गरिरहेकाले नेपाल सरकारले पनि हाइट्रोजन उर्जाको विषयमा छिट्टै आवश्यक नीति निर्माण गर्नु आवश्यक रहेको बताइन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro