site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
धनुषा–४ मा एमाले–जसपा विवाद : छुट्टाछुट्टै उमेदवारी दिने तयारी 
SkywellSkywell

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर–४ मा नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेलमा विवाद देखिएको छ ।

शनिबार सार्वजनिक भएको एमाले–जसपा सहमतिअनुसार धनुषा–४ एमालेको भागमा परेको छ । यो क्षेत्रको प्रदेशसभातर्फ ‘क’ जसपा र ‘ख’ एमालेले पाउने सहमतिपत्रमा उल्लेख छ ।

तर, जसपाका नेता महाजन यादव प्रतिनिधिसभाका लागि धनुषा–४ बाट आफूले टिकट पाइसकेको दाबी गर्छन् । “पौने १२ बजे पार्टीबाट मलाई टिकटको लागि फोन आएको थियो । काठमाडौंबाट मैले टिकट लिएर आएँ, भोलि उमेदवारी दिन्छु,” उनले भने, “सहमतिविपरीत पहिला एमालेले हाम्रो भागमा परेको क्षेत्रमा उमेदवारी दिने तयारी गरेपछि हामीले पनि उमेदवारी दिने अवस्था आएको छ ।”

KFC Island Ad
NIC Asia

उनले धनुषा–२ र ४ मा एमालेसित ‘मित्रवत् प्रतिस्पर्धा’ गरिने बताए ।

एमाले नेता सन्तोष यादवले पनि यो कुराको पुष्टि गरे । “धनुषाको निर्वाचन क्षेत्र–२ र ४ मा सहमति हुन सकेन । यहाँ जसपा र एमाले दुवै पार्टीको आफ्नै आफ्नै उमेदवार हुन्छ,” उनले भने ।

धनुषा–४ बाट एमालेका रघुवीर महासेठ उमेदवार बन्नेछन् । प्रदेशसभातर्फ धनुषा–४ ‘क’मा एमालेका सन्तोष यादव र ‘ख’मा हरिनारायण महतो उमेदवार बन्नेछन् ।

सत्ता गठबन्धनभित्र धनुषा–४ नेपाली कांग्रेसको भागमा परेको छ । यहाँ कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले उमेदवारी दिने तयारी छ । गठबन्धनभित्र धनुषा–४ ‘क’को अहिलेसम्म टुंगो लागेको छैन । धनुषा–४ ‘ख’मा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट शत्रुधन महतोले उमेदवारी दिने तयारी छ ।

त्रिपक्षीय भिड्न्त
धनुषा–४ मा कडा प्रतिस्पर्धा हुने सम्भावना छ । यो क्षेत्रमा अब पुरानै नेता उमेदवार हुने निश्चितजस्तै छ । चारदलीय गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, एमालेका रघुवीर महासेठ र जसपाका महाजन यादवले उमेदवारी दिन लागेका हुन् ।

०७४ को निर्वाचनमा पनि यिनै तीन नेताबीच कडा प्रतिस्पर्धा भएको थियो । त्यति बेला एमाले र नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनबाट महासेठ निर्वाचित भएका थिए । उनले कांग्रेस नेता महेन्द्रलाई दुई हजार ५४१ मतान्तरले पराजित गरेका थिए । महासेठले २२ हजार ५३२ मत प्राप्त गरेका थिए । यादवले १९ हजार ९९१ मत ल्याएका थिए ।

अहिलेको परिस्थिति फरक छ । अहिले एमाले–माओवादीबीच तालमेल छैन । एमालेबाट माधव नेपाल समूह पनि अलग भइसकेको छ । कांग्रेस समेत पहिलाको जस्तो अवस्थामा छैन ।

कांग्रेसका जिल्ला सभापतिमा पराजित सन्तोष यादव यही क्षेत्रका हुन् । हालै पार्टी त्याग गरी उनी एमालेमा प्रवेश गरेका छन् । उनी सोही क्षेत्रको ‘क’बाट एमालेका उमेदवार बन्ने तयारी छ ।

कांग्रेसको १४औँ महाधिवेशनले पनि पार्टीभित्र कलह छ । त्यसले निर्वाचनमा असर पर्न सक्ने बताइन्छ ।

कांग्रेसका धनुषा सभापति योगेन्द्र पञ्जियार पनि यही क्षेत्रका हुन् । उनी नेता विमलेन्द्र निधि समूहबाट सभापतिमा दोस्रो चरणमा विजयी भएका थिए । त्यति बेला नेता महेन्द्र यादवले पार्टी सभापति शेरबहादुर देउवा समूहबाट सन्तोषलाई सभापतिमा सघाएका थिए । सोही कारण अहिले पञ्जियारले पनि उनलाई नसघाउने नेताहरूको अनुमान छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  २१:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro