site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जसपासँग तालमेलपछि धनुषा एमालेमा विद्रोह

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)सँग चुनावी तालमेलको निर्णयपछि नेकपा (एमाले) धनुषामा विद्रोह हुने देखिएको छ । तालमेलका कारण टिकट नपाएपछि क्षेत्र १ मा एमाले नेता किशोरी साह (कमल)ले बागी भएर उमेदवारी दिने तयारी गरेका छन् । 

साह यसअघि सोही क्षेत्रको प्रदेशसभा क्षेत्र ‘क’ बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित थिए । तर, जसपासँग एमालेले गरेको चुनावी तालपछि यो क्षेत्र जसपाको भागमा परेको छ । साह एमाले प्रदेश कमिटी सदस्य र प्रदेशसभामा दलको प्रमूख सचेतकसमेत थिए ।

नेता साहले उमेदवार बन्न जनताको दबाब भएको कारण स्वतन्त्र वा कुनै दलसँग आवद्ध भएर उमेदवारी दिने बताए । तर, अहिलेसम्म दलको टुङ्गो नलागेको उनको भनाइ छ । उनी भन्छन्, “जनताले उमेदवारी दिन निकै दबाब दिइरहेका छन् । मैले निर्णय गर्न सकेको छैन । स्वतन्त्र वा जनमत पार्टीबाट उमेदवारी दिन सक्छु ।”

क्षेत्र नम्बर १ एमालेसँगको गठबन्धनमा जसपाले पाएको छ भने प्रदेशतर्फ ‘क’ जसपा र ‘ख’ एमालेको भागमा परेको छ । एमाले–जसपा गठबन्धन, एमालेका बागी र सत्तारुढ गठबन्धनका तर्फबाट अलग उमेदवार हुने भएपछि यहाँ अब त्रिपक्षीय भिड्न्त हुने देखिएको छ । 

प्रतिनिधिसभामा जसपाले दीपक कर्कीलाई उमेदवार बनाउने तयारी गरेको छ । सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)को भागमा यो क्षेत्र परेको छ । यहाँ माओवादीले मातृकाप्रसाद यादवलाई उमेदवार बनाउने निश्चितजस्तै छ । अब एमाले त्याग गरेर किसोरी साहले पनि उमेदवारी दिँदा यहाँ त्रिपक्षिय भिडन्त हुने देखिन्छ । 

धनुषाको क्षेत्र नम्बर २ मा भने एमाले र जसपाबीच सहमति हुन सकेको छैन् । यहाँ दुवै पार्टीबीच मित्रवत् प्रतिस्पर्धा हुने बताइएको छ । यहाँ प्रतिनिधिसभातर्फ गतसाता एमाले प्रवेश गरेका उमाशंकर अरगरिया उमेदवार बन्नेछन् भने जसपाले गंगाराम यादवलाई उमेदवार बनाउने तय गरेका छ । 

अरगरिया लोसपा परित्याग गरी एमाले प्रवेश गरेपछि गंगाराम एमाले त्याग गरी जसपामा पुगेका हुन् । सत्ता गठबन्धनबाट यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेका छ । यहाँ कांग्रेसले रामकृष्ण यादवलाई उमेदवार बनाउने छ । यो क्षेत्रमा नेकपा (एकीकृत समाजवादी)को पनि दाबी छ । एकीकृत समाजवादीले यो क्षेत्र पाए रामचन्द्र झालाई उमेदवार बनाउनेछ । 

तालमेलको निर्णयअनुसार प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र ३ र ४ मा जसपाले एमालेलाई सघाउने भएको छ । प्रदेशसभातर्फ यो दुवै क्षेत्रको ‘ख’ एमालेको भागमा परेको छ भने ‘क’ जसपाको भागमा छ ।

निर्वाचन क्षेत्र ३ बाट एमालले जुलीकुमारी महतो र ४ मा रघुवीर महासेठलाई अगाडि सारेको छ । क्षेत्र नम्बर ४ सत्ता गठबन्धनबाट कांग्रेसको भागमा पर्दा क्षेत्र नम्बर ३ बारे भने अहिलेसम्म टुङ्गो लागेको छैन । क्षेत्र नम्बर ४ बाट कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले उमेदवारी दिने छन् भने ३ लोसपालाई दिनेगरी गृहकार्य भइरहेको बताइएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १७:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro