site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कैलालीको भजनी क्षेत्र डुबानमा 
Sarbottam CementSarbottam Cement

धनगढी । दुई दिनदेखिको लगातारको वर्षाका कारण कैलालीको भजनी नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ । वर्षाले कान्द्रा र मोहना नदीमा आएको बाढी कारण भजनी नगरपालिकाका विभिन्न टोलहरू डुबानमा परेका छन् ।

बिहीबार रातिदेखि परेको वर्षाका कारण भजनी नगरपालिका २ पल्टापुर, मोहनपुर र तिनघरुवा टोलहरूमा करिब १२५ घरधुरीमा डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । त्यहाँको स्थानीय कान्द्रा नदीको बाढी पसेर पल्टापुरका करिब ४० घरधुरी डुबानमा परेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, भजनी नगरपालिका वडा नम्बर ७ शिविर टोलका पनि ४० घरमा कान्द्रा नदीको बाढी पसेको छ । त्यसैगरी वडा नम्बर ८ का खल्ला टोल र पाण्डे टोलका ३७ घरधुरीमा पथरिया नदीको बाढी पसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

डुबान भएपछि त्यस क्षेत्रमा ९५ जना मानिसहरू पल्टापुरमा बसिरहेको प्रहरीले जानकारी दिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !