site stats
बाह्रखरी :: Baahrakhari
देश
विपीन जोशीको रिहाइको अपिल गर्दै  सामाजिक सञ्जालमा ह्यासट्याग अभियान
फाइल तस्बिर ।

काठमाडौं । प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायल आक्रमणपछि अपहरण गरेका ३४ जना बन्धकहरू मुक्त गर्न लागेको छ । तर, उक्त सूचीमा नेपालका विपीन जोशीको नाम समावेश छैन । 

नेपालका युवाहरूले विपीनको नाममा सामाजिक सञ्जालमा ह्यासट्याग अभियान चलाएका छन् । विपीनलाई मुक्त गरिदिन कतार सरकारले हमासलाई सिफारिस गर्न सक्ने भन्दै सो अभियान चलाइएको हो । 

Argakhachi Cement Island Ad

सामाजिक सञ्जालमा  #BipinJoshi #ReleaseBipinJoshi #HamasPlease #QatarSaveBipin जस्ता ह्यासट्यागहरू प्रयोग गरेर अभियान चलाइएको छ ।

सो अभियानबाट कतार सरकार र हमाससमम्म सन्देश पुग्ने र विपीनको नाम मुक्त हुने टोलीको सूचीमा पर्न सक्ने अभियन्ताहरूको विश्वास छ । 

हमासका एक वरिष्ठ अधिकारीले पहिलो चरणमा ३४ जना बन्धक रिहा गर्न सहमति जनाउँदै उनीहरूको सूची सार्वजनिक गरेका छन् । यीमध्ये कतिजना बन्धक जीवित छन् भन्ने अझै स्पष्ट भइसकेको छैन।

सूचीमा १० जना महिला र ५० देखि ८५ वर्षका ११ जना छन्, जसमा केही युवा पुरुषहरू पनि समावेश छन्, जसलाई हमासले इजरायली हवाई आक्रमणमा मारिएको दाबी गरेको थियो। हमासले सूचीमा रहेका धेरै बन्धकहरू बिरामी रहेको बताएको छ।

यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले हमासले बन्धकहरूको सूची अझै उपलब्ध नगराएको बताएको छ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  २०:३३
प्रतिक्रिया दिनुहोस्