site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निरन्तरको वर्षाका कारण कैलाली र कञ्चनपुरमा बाढी र डुबानको जोखिम
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम देखिएको छ । 

कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले गएरातीदेखि भारी वर्षा भइरहेको जनाएको छ । 

विभागको कञ्चनपुर शान्तिपुरबेलौरीस्थित वर्षा मापन केन्द्रमा गएको १२ घण्टामा १२५ मिमी, छ घण्टामा ८३ दशमलव ८ र तीन घण्टामा ६२ दशमलब २ मिमी वर्षाको मापन भएको छ । 

Global Ime bank

कार्यालयका प्रमुख सञ्जय साहले भने, “आजबाट वर्षा गराउने सिस्टम केही कमजोर हुँदै गएको देखाए पनि मनसुन निष्क्रिय हुन भने अझै समय लाग्न सक्नेछ ।”

यो महिनाको अन्तिमसम्ममा वर्षा हुने पूर्वानुमान गरिएकाले नदीमा आउने बाढी र तटीय क्षेत्रमा हुन सक्ने डुबानको जोखिमबाट सचेत रहन र पाकेको धानबाली काट्नका लागि अझै एक हप्ता पर्खिन कार्यालयले आग्रह गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement