फोटो फिचर
काठमाडौं । बडादसैँको टीका थापेर केही व्यक्ति लिंगेपिङमा रमाउन बुधबार चोभार पुगे । बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासम्म पिङमा रमाए ।
विजयादशमीका दिन ‘एकपटक भए पनि भुइँ छोड्नुपर्ने’ परम्परागत कथनानुसार उनीहरू पिङमा रमाउन त्यहाँ पुगेका हुन् ।
केही वर्षअघिसम्म दसैँका बेला देशका धेरै स्थानमा लिंगेपिङ हालिन्थ्यो । तर, पछिल्लो समय सहरबजार, गाउँबस्तीमा पिङ विरलै देखिन्छ । योपटक पनि काठमाडौंमा ज्यादै कम लिंगेपिङ देखियो ।
चोभारमा भने एउटा कम्पनीले १० वटा लिंगेपिङ राखेपछि पिङमा मच्चिन बालबालिका, युवायुवती र वृद्धवृद्धाहरूसम्म त्यहाँ पुगेका थिए ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: बुधबार, असोज १९, २०७९ २१:१९
प्रतिक्रिया दिनुहोस्