site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालसहित सबै टिमको एसियन कपमा छनोट हुने दाबी ‍
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली युवा टोली एएफसी यू–१७ एसियन कप २०२३ छनोट प्रतियोगिताका लागि अहिले भियतनाममा छ । एन्फाको उपेक्षामा परेको नेपाली टोलीले आफ्नो प्राथमिक लक्ष्य एसियन कप छनोट नै रहेको जनाएको छ । 

नेपाल रहेको समूहमा थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेई छन् । प्रतियोगितामा १० समूहका १० टिम र उत्कृष्ट ६ उपविजेताले फाइनल चरणमा स्थान पक्का गर्नेछन् ।

नेपालले पहिलो खेल अक्टोबर ५ मा थाइल्यान्डविरुद्ध, अक्टोबर ७ मा भियतनाम र अक्टोबर ९ मा चाइनिज ताइपेईविरुद्ध खेल्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

उद्घाटन खेलका अगाडि आयोजित पत्रकार सम्मेलनमा कुन टिमका प्रशिक्षकले के भने ? 

नेपाल  
नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले समूहका सबै टिमको स्तर उस्तै रहेको बताए ।

Global Ime bank

 "यो समूहका सबै टिमको स्तर उस्तै छ जस्तो लाग्छ । हामी सबै विपक्षी टिमलाई सम्मान गर्छौं । कुनै पनि खेल सजिलो हुने छैन । यद्यपि हाम्रो लक्ष्य अधिकतम अंक बटुलेर छनोट हुने हो । थाइल्यान्डसँगको पहिलो खेलमा हाम्रो लक्ष्य जित नै हुनेछ,"  मुख्य प्रशिक्षक श्रेष्ठले भने । 

received_17659462171010761664887808.jpeg

नेपाली टिमका कप्तान प्रशान्त लक्षमले आफूहरू कठोर मेहनत गर्ने उद्देश्यले भियतनाम आइपुगेको प्रतिक्रिया दिए ।

"‘सबै खेलमा शतप्रतिशत मेहनत गर्नेछौँ । सबै खेलमाल संमयता अपनाउनेछौँ," लक्षमको भनाइ थियो।

थाइल्यान्ड 
थाइल्यान्डका मुख्य प्रशिक्षक पिपोब अनमोले समूहका सबै टिम बलिया रहेको भएको र उनीहरूको सामना गर्न आफूहरू पूर्णरूपमा तयार रहेको बताए । 

received_7866414424149341664887807.jpeg

"हाम्रो तयारी राम्रो छ । नेपालको सामना गर्न हामी तयार गर्छौं । नेपाल सजिलो विपक्षी होइन । नेपाली खेलाडीहरू प्राविधिक रूपमा कुशल छन्," अनमोले भने ।

भियतनाम
भियतनामका मुख्य प्रशिक्षक कुओक टुआनले समूहका चारै टिम एसियन कपमा छनोट हुन सक्षम रहेको बताए ।

"सबै टिम समूह विजेता बन्ने दौडमा छन् । कुनै पनि टिम छनोट हुन सक्छन् । एउटा मात्र टिमलाई दाबेदार मान्न मिल्दैन । यसकारण हामी कुनै पनि टिमलाई कमजोर आक्ने पक्षमा छैनौँ । तीन वटै टिमसँग मेहनत गरेर खेल्नुपर्छ । हामीलाई घरेलु समर्थकको समर्थन हुनेछ । त्यसले हामीलाई अवश्य पनि उत्साहित बनाउनेछ," टुआनले भने।

received_12529442388215171664887807.jpeg

चाइनिज ताइपेई
चाइनिज ताइपेइका मुख्य प्रशिक्षक साई वेन यीले समूह कठिन भए पनि सकारात्मक नतिजा निकाल्न आफूहरू आत्मविश्वासी रहेको बताए । 

"भियतनाम र थाइल्यान्डजस्ता टिम भएको समूह स्वाभाविक रूपमा कठिन हुन्छ । तर हामी सबै खेलमा मेहनत गर्न र आफ्नो पक्षमा नतिजा निकालन आत्मविश्वासी छौँ," वेन यीले भने।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय