site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दलहरू आन्तरिक तथा द्विपक्षीय छलफलमा, गठबन्धनको संयुक्त बैठक पुनः बस्ने  
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सिट बाँडफाँटको टुंगो लगाउन पाँच दलीय गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ३ बजे बस्ने बैठकले सिट बाँडफाँटको टुंगो लगाउने बताइएको छ । 

त्यसअघि अहिले दलहरू छुट्टाछुट्टै छलफलमा जुटेका छन् । आन्तरिक तथा द्विपक्षीय छलफलमा व्यस्त रहेका दलहरुले दिउँसो संयुक्त बैठक बसेर निष्कर्षमा पुग्ने बताएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज पुनः दलहरू छलफलमा जुटेका हुन् । 

सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको असोज २० गते दुई महिना पुग्दै छ । गएको साउन २० गते कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वका सिट बाँडफाँटका लागि कार्यदल गठन गरिएको थियो ।

Royal Enfield Island Ad

त्यतिबेला साउन अन्तिमसम्म सिट बाँडफाँटको टुंगो लगाउने भनिएको थियो । तर, दुई महिना पुगिसक्दा पनि गठबन्धनले भागबन्डा मिलाउन सकेको छैन ।

तर, दलहरूले आ–आफ्नो अडान नछोड्दा गठबन्धनमा सहमति जुट्न सकेको छैन । एकीकृत समाजवादी र जसपाले आफूलाई थोरै सिट दिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro