site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
उपविजेता महिला बास्केटबल टोली फर्कियो
Siddhartha BankSiddhartha Bank

काठमाडौं । माल्दिभ्समा सम्पन्न साबा च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला बास्केटबल टोली शनिबार नेपाल फर्किएको छ । 

माल्दिभ्सको मालेमा सम्पन्न साबा च्याम्पियनसिपमा नेपाली टोली उपविजेता बनेको थियो । नेपाल पहिलो खेलमा आयोजक माल्दिभ्ससँग पराजित भएपछि उपविजेतामा सीमित बन्नु परेको हो । तेस्रो क्वार्टरमा नेपाल माल्दिभ्सविरुद्ध अग्रता बनाए पनि अन्तिम क्वार्टरको अन्तिम समयमा ५१–४७ को स्कोरमा पराजित भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यही हार नेपालको लागि उपाधि जित्नका लागि तगारो बन्यो । नेपालले दोस्रो खेलमा साबिक विजेता श्रीलंकालाई ५५–४९ को स्कोरमा पराजित गरेको थियो भने तेस्रो खेलमा भुटानलाई ६५–२६ को स्कोरमा हराएको थियो । 

साबा च्याम्पियनसिपमा श्रीलंकाले उपाधि जितेको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  ०८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय