site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोरखा राइफल्सका अनिल चौहान बने भारतको दोस्रो ‘चिफ अफ डिफेन्स स्टाफ’ 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गोरखा राइफल्समा भर्ना भएका अनिल चौहान भारतका नयाँ चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) नियुक्त भएका छन् ।

भारतीय सेनाको गोरखा ब्रिगेडअन्तर्गत ११ जीआरका लेफ्टिनेन्ट जनरल (अवकाश) चौहान भारतको थल, जल र वायु सेना तथा सरकारबीच समन्वय प्रमुखको भूमिकासहित सीडीएसमा नियुक्त भएका हुन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले चौहानलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

प्रथम चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको २०२१ डिसेम्बर ८ मा हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त पद रिक्त रहेको थियो । गढवालका राजपूत परिवारका चौहान भारतका दोस्रो सीडीएस हुन् । 

Royal Enfield Island Ad

उनी सन् १९८१ मा गोरखा राइफल्समा भर्ना भएका थिए । आफ्नो करिअरको दौरान उनले धेरै कमान्ड, स्टाफ र निर्देशनात्मक नियुक्तिहरू सम्हालेका थिए । जम्मू र कश्मीर र उत्तरपूर्वी भारतमा भएको विद्रोह विरोधी अभियानहरूमा पनि उनको अनुभव छ ।

भारतको थल, जल र हवाई सेनासहित राष्ट्रिय सुरक्षाका विषयमा सीडीएसलाई सरकारसँग समन्वयकारी भूमिका दिने गरिएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  ११:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro