![बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल ३०० बेडमा स्तरोन्नति हुने](https://12khari.top/uploads/posts/Siddarth Bal As1664283667.jpg)
बुटवल । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालको स्तरोन्नति हुने भएको छ । बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सहमतिमा सञ्चालनमा रहेको अस्पतालमा २०० बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो ।
एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एसिया (आम्दा) इन्टरनेसनलका अध्यक्ष सिगेरू सुगानामीको उपस्थितिमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको स्तरोन्नति गर्न निणर्य गरेको हो ।
२०५३ सालमा बुटवल उपमहानगरपालिका ७ मा सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना गरिएको थियो । पचास शय्याबाट सुरु भएको अस्पतालमा हाल १०० शय्या सञ्चालनमा छन् ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
अस्पतालका अध्यक्षसमेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पताललाई ३०० बेडको बनाउने र विशिष्टीकृत सेवा प्रवाह गर्ने निणर्य गरेको बताए ।