site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
उद्योग वाणिज्य महासंघ प्रदेश १ मा पर्यटन सूचना केन्द्र स्थापना
Siddhartha BankSiddhartha Bank

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सचिवालयमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । पर्यटन व्यवसायीहरूसहितका सरोकारवालाहरूको सक्रियतामा महासंघले पर्यटन सूचना केन्द्र स्थापना गरेको हो ।

मंगलबार महासंघको कार्यालयमा स्थापित सूचना केन्द्रको महासंघका केन्द्रीय सदस्य, प्रदेशका उपाध्यक्ष एवं प्रदेश १ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले उद्घाटन गरेका छन् । 

प्रदेश १ को प्रमुख तीनवटा नाकाबाट नेपाल प्रवेश गर्ने सबै पर्यटकलाई प्रमुख गन्तव्यहरूको बारेमा जानकारी दिने, होटल र ट्राभल्सलगायतका सेवा प्रदायक निकायको सूचना विवरण अद्यावधिक राख्ने र पर्यटकहरूकै जानकारी राख्ने लगायतका काम सूचना केन्द्रबाट हुने जनाइएको छ । 

Agni Group
NIC Asia

उपाध्यक्ष राउतले अहिले इलामको पशुपतिनगर र झापाको बिर्तामोडमा सूचना केन्द्र स्थापना भएपनि विराटनगरको रानी नाकामा अझै पनि पर्यटन डेस्क स्थापना नभएकाले त्यो काम पनि सूचना केन्द्रमार्फत नै गरिने बताए । उनले भने, “प्रदेश १ मा धार्मिक पर्यटनको ठुलो सम्भावना रहेको छ । १६ वटा आन्तरिक विमानस्थल सञ्चालन गर्न संघीय सरकारले पहल गर्नुपर्ने आवश्यकता छ ।”

प्रदेशमा पर्यटकलाई आकर्षण गर्न आवश्यक पर्ने राम्रो होटलसहितका पर्यटन पूर्वाधारमा अझै कमी रहेको बताउँदै राउतले यातायात सेवाको पनि उपयुक्त व्यवस्था नभएकाले तीनै तहका सरकारले पूर्वाधारमा सहयोग गर्नुपर्नेमा जोड दिए । 

Global Ime bank

महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले विराटनगर विमानस्थलमा पनि इमिग्रेसनको व्यवस्था गर्न सके पर्यटकहरूलाई सहज हुने बताउँदै भने, “पर्यटन क्षेत्रलाई राज्यले ठूलो आर्थिक स्रोतका रूपमा उपयोग गर्न सक्ने हो भने ठुलो लाभ लिन सकिन्छ ।”

सहासिक र धार्मिक पर्यटनको विकासको सम्भावना रहेकाले त्यसमै बढी ध्यान केन्द्रित गरिनुपर्ने उनको सुझाव छ । 

पर्यटन दिवसको अवसर पारेर नेपाल सरकार, प्रदेश सरकार र पर्यटन बोर्डको सहयोगमा पर्यटन सूचना केन्द्रको स्थापना गरिएको महासंघका पर्यटन समितिका संयोजक भविषकुमार श्रेष्ठले जानकारी दिए । पर्यटकीय स्थलहरूको जानकारी, पर्यटन क्षेत्रमा काम गर्ने संघ संस्था, सहासिक पर्यटन सम्वद्ध कम्पनीहरू, टुर गाइड, ट्राभल्स एन्ड टुर्स, होटल लगायतका जानकारीहरू सूचना केन्द्रमा रहने श्रेष्ठले बताए ।

सूचना केन्द्रमा पर्यटनसम्बन्धी जानकारी दिनसक्ने दक्ष जनशक्तिको व्यवस्था गरिने र त्यसका लागि प्रदेश सरकार अन्तरगत पर्यटन तथा संस्कृति मन्त्रालयलाई आग्रह गरिएको छ । आगामी दुई महिनाभित्र सूचना केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पर्यटन क्षेत्रसँग सम्वद्ध १६ वटा निकायहरूसँग समन्वय भइरहेको छ ।

महासंघ प्रदेश समितिका सदस्य रविन दाहालले सूचना केन्द्र स्थापनापछि प्रदेशको पर्यटन विकासमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu