site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बंगलादेशमा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ५९ पुग्यो
Siddhartha BankSiddhartha Bank

काठमाडौं । बंगलादेशमा एउटा डुंगा पल्टिदा मृत्यु हुने यात्रीको सङ्ख्या ५९ जना पुगेको छ । बंगलादेशको राजधानी ढाकाबाट ४६८ किलोमिटर उत्तरतर्फ पर्ने पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुंगा पल्टिएको थियो ।

उक्त दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या लगातार बढ्दै गइरहेको ढाका ट्रिब्युनले लेखेको छ । त्यहाँका अधिकारीहरुले सो डुंगा दुर्घटनामा परी हराएका व्यक्तिको शव भेटिने क्रम जारी रहेको बताएका समाचारमा जनाइएको छ ।

Agni Group
NIC Asia

पञ्जगढ जिल्लाका प्रहरी सुपरीटेन्डेन्ट एस एम सिराजुद हुडाले केही व्यक्ति हराइरेका र उनीहरुको खोजी कार्य जारी रहेको सोमबार अबेर बताएका थिए । सोमबारसम्म ५१ जनाको शव भेटिएकामा आज थप शव भेटिएको हो । 

अहिलेसम्म ५५ शवको सनाखत भएको समाचारमा जनाइएको छ । जिल्ला प्रशासनको सूचना डेस्कका अनुसार अझै कम्तिमा ३५ जना हराइरहेका समाचारमा उल्लेख छ ।

Global Ime bank

प्रहरीले डुंगाको क्षमताभन्दा बढी व्यक्ति राखिएकाले बढी भार भएर दुर्घटना भएको बताएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu