राजनीति
काठमाडौ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्धको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।
न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बहसबिना नै राष्ट्रपति कार्यालयलाई कारण देखाउ आदेश जारी गर्दै रिटलाई अग्राधिकार प्रदान गरेको छ ।
रिटहरुमा अन्य कुनै आदेश माग नगरिएको हुँदा न्यायाधीश फुयालले सिधै कारण देखाउ आदेश जारी गरेका हुन् ।
अदालतमा सोमबारदेखि दसैँको बिदा लागु हुने र बन्दी प्रत्यक्षीकरणको रिटबाहेक सुनुवाइ नहुने हुँदा अब उक्त रिटमाथि दसैँ पछाडि मात्र पेसी हुनेछ ।
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९ १३:३६
प्रतिक्रिया दिनुहोस्