काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक अहिले बस्दै छ । शुक्रबारका लागि बोलाइएको बैठक केही बेरमा सुरु हुने एक नेताले जानकारी दिए ।
समानुपातिक सूची बुझाइसकेपछि दलहरू प्रत्यक्षतर्फ सिट बाँडफाँटमा जुटेका छन् । तर, उनीहरूबीच सहमति हुन सकेको छैन । दिनहुँजसो बैठक बसे पनि दलहरू सहमतिमा पुगेका छैनन् ।
गठबन्धनका दलहरूबीच करिब दुई महिनाअगावै चुनावी तालमेल गर्ने सहमति भएको हो । तर, १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा सदस्य निर्वाचनका लागि कुन दलले कति र कहाँ सिट लिने टुंगिएको छैन ।
यसैबीच, शुक्रबार बिहान कांग्रेसले बढी सिट मागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच कांग्रेसविरुद्ध मोर्चाबन्दी गर्ने विषयमा छलफल भएको थियो ।