site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
त्रिवि अर्थशास्त्र विभागले अन्तर्राष्ट्रियस्तरको अर्थशास्त्र सम्मेलन आयोजना गर्‍यो
SkywellSkywell

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले राजधानीमा अर्थशास्त्रसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन ‘सेडेकोन एन्युअल इन्टरनेसनल कफ्रेन्स इकोनोमिक्स’ आयोजना गरेको छ । देशको ज्येष्ठ विश्वविद्यालयको अर्थशास्त्र विभागले ६३ वर्षे इतिहासमा पहिलोपल्ट यस किसिमको सम्मेलन आयोजना गरेको हो ।

पहिलो दिन विभाग प्राङ्गणमा विशेष कार्यक्रमसहित सुरु भएको सम्मेलनको दोस्रो तथा तेस्रो दिन दुई वटा प्यानल छलफल र ६ वटा समानान्तर प्रस्तुतीकरण सत्र सञ्चालन भएको थियो । यी प्यानल छलफल र समानान्तर सत्रमार्फत नेपाली, क्षेत्रीय तथा विश्व अर्थतन्त्रका विविध आयाम जानकारीमा आएको तथा नयाँ एजेन्डा अघि सारिएको विभाग प्रमुख प्रा.डा. शिवराज अधिकारीले बताए ।

विश्वविद्यालयको अर्थशास्त्र विभागले यस स्तरको सम्मेलन आयोजना गरेको नेपालमै पहिलोपल्ट हो । सम्मेलनमा ६० भन्दा धेरै अर्थशास्त्री तथा अर्थतन्त्रका जानकारले धारणा प्रस्तुत गरेका थिए । हरेक वर्ष असोज ४ देखि ६ गतेसम्म यस स्तरको सम्मेलन आयोजना गर्ने योजना विभागको छ ।

Dabur Nepal
NIC Asia

६३ वर्षे इतिहास बोकेको अर्थशास्त्र केन्द्रीय विभाग विश्वविद्यालयको पुरानोमध्ये एक विभाग पनि हो । असोज ४, २०१६ मा नेपालमा पहिलोपल्ट स्नाकोत्तर तहमा अर्थशास्त्र विषयको पढाइ सुरु भएको हो । सोही दिनलाई हरेक वर्ष अर्थशास्त्र दिवस मनाउन थालिएको विभाग प्रमुख अधिकारीले बताए ।

सम्मेलनले केन्द्रीय अर्थशास्त्र विभागको ऐतिहासिक उपलब्धि तथा लिगेसीलाई संस्थागत गरी तिनलाई निरन्तरता दिनेछ । विभाग प्रमुख अधिकारीले देशको अर्थतन्त्र पहिचान तथा विश्लेषणमार्फत भविष्यमा विभागलाई नेतृत्वदायी संस्था बनाउन सम्मेलनले दिशानिर्देश गर्ने बताए ।

“विगत सम्झँदै, वर्तमानलाई उत्सवका रूपमा लिँदै तथा भविष्य सिर्जना गर्दै विभागलाई अर्थशास्त्र र देशको अर्थतन्त्रमा नयाँ धारण अधि सार्ने निकायका रुपमा स्थापित गर्न पनि सम्मेलनले भुमिका खेल्नेछ,” अधिकारीले भने । सम्मेलनले नयाँ खोजकर्ता तथा अर्थतन्त्रका अध्येतालाई पनि उत्तिकै स्थान र पहिचान दिएको अधिकारीको दाबी छ ।

यस वर्षको सम्मेलन विभाग स्थापनाकालदेखि प्राध्यापक तारा पद चौधरीले निःस्वार्थ सेवामार्फत गरेको योगदानको चर्चामार्फत सुरु भएको थियो । चौधरीले विभागमा ४३ वर्ष स्वयंसेवी भूमिकामा रहेका काम गरेका थिए । सन् १९६० मा कोलम्बो प्लानको एकेडेमिक एक्स्चेन्ज प्रोग्रामअन्तर्गत नेपाल आएका चौधरीले गणित, तथ्यांकशास्त्र र अर्थशास्त्रमा स्नाकोत्तर पूरा गरेका थिए । पहिलो सम्मेलनमा चौधरीको विशेष सम्झना गरिएको हो ।

यो वर्षको सम्मेलनमा अतिकम विकसित राष्ट्रको सूचीबाट नेपाललाई स्तरोन्नतिका एजेन्डा र २१ औँ शताब्दीमा दक्षिण एसियाको क्षेत्रीय इन्टिग्रेसनमा प्यानल छलफल आयोजना गरिएको थियो । यस्तै, म्याक्रोइकोनोमिक्स, डेभलपमेन्ट इकोनोमिक्स, श्रम अर्थतन्त्र र बजार, कृषि र वातावरण अर्थशास्त्र, कोरोना र अर्थतन्त्र तथा बैंकिङ र वित्त विषयमा प्राविधिक कार्यपत्र प्रस्तुत भइ त्यसमाथि छलफल भएको थियो ।

समापन समारोहमा विश्वविद्यालयका रेक्टर प्रा.डा. शिवलाल भुषालले समापन मन्तव्य राखेका थिए । समारोहमा बंगलादेश, पाकिस्तान, भारत र नेपालका अर्थशास्त्रीहरूको सहभागिता थियो ।

यस्तो अन्तर्राष्ट्रिय सम्मेलन वार्षिक रूपमा आयोजना गर्नेगरी आगामी वर्षको असोज ४ गते उद्घाटन गरिने पनि घोषणा भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  २१:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro