site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपतिको कदम चुनाव धकेल्ने, सरकारको विकल्प खोज्न केन्द्रित !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोधमा के गर्ने भन्ने विषयमा सत्तारुढ दल आन्तरिक छलफलमा व्यस्त रहेको छ ।

परमादेशको माग गर्दै अदालत जाने कि चुनावी एजेन्डा बनाउने भन्ने विषयमा गठबन्धनभित्र छलफल भइरहेको छ ।

कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपतिको कदम संविधान विपरीत भएकाले आगामी चुनावी एजेन्डा बन्ने बताएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

गठबन्धनमा सहभागी एक नेताका अनुसार राष्ट्रपतिको कदम चुनाव सारेर अर्को सरकार बनाउनमा केन्द्रित रहेको बारेमा पनि छलफल भएको थियो ।

संसद् नभएको अवस्थामा राष्ट्रपतिले रिक्ततामा खेल्न खोजेको उनीहरुको बुझाई छ ।

Royal Enfield Island Ad

गठबन्धनमा यस विषयमा पनि छलफल भएको स्रोत बताउँछ । माओवादीका नेता वर्षमान पुनले पनि राष्ट्रपतिको कदम चुनाव सार्ने षडयन्त्र भएको बताएका छन् ।

“निर्वाचन विथोल्ने षडयन्त्रको अंग पनि हो, यो घटनाक्रम,” उनले सामाजिक सञ्जालमार्फत् भनेका छन् । उता कानुनविद्हले पनि सरकारलाई राष्ट्रपतिको विकल्प खोज्न सुझाव दिँदै उपराष्ट्रपतिबाट प्रमाणीकरण गराएर राजपत्रमा प्रकाशित गर्नुपर्ने बताएका छन् ।

बुधबार बेलुका भएको बैठकमा काुनविद्हरुले दिएका ८ सुझाव यस्ता थिए 

१. १५ दिन भित्र प्रमाणीकरण गुर्नपर्छ दोस्रो पटकमा भनेपछि स्वतः कानून हुन्छ र कानून मन्त्रालयले राजपत्रमा प्रकाशित गर्दा हुन्छ । 

२. प्रमाणीकरण कहिँ न कहिँ हुनैपर्छ भन्ने व्यवस्था छ । प्रमाणीकरण गरेकै हुनुपर्छ भन्ने धारणा । राष्ट्रपतिको पहिलो पटक प्रयोग गर्न पाउने भिटो प्रयोगको अधिकार सकियो । दोस्रो पटक भिटो प्रयोग गर्न नपाएपछि कानून बनाएर स्वतः प्रमाणित हुन्छ भन्ने कानून अन्तराष्ट्रिय अभ्यासमा छ । 

३. प्रमाणिकरको कानून बनेको छैन । अध्यादेश मार्फत कानून बनाएर राजपत्रमा प्रकाशित गर्ने विकल्प । 

४. राष्ट्रपतिले एस वा नो केही पनि भनिनन् । गर्नुपर्ने काम गरेनन् । यस्तो अवस्थामा राष्ट्रपतिको काम उपराष्ट्रपतिले गर्नुपर्ने छ । यस ने केही नभनेपछि राष्ट्रपति अनुपस्थित भएको मान्नुपर्छ । उपराष्ट्रपतिबाट प्रमाणिकरण गर्ने । 

५. प्रधानमन्त्रीले गएर राष्ट्रपति भेट्ने र निकास निकाल्ने । 

६. अदालतमा जाने काम राजनीतिक दल र सरकारले गर्नुहुँदैन । 

७. राजनीति हो निर्वाचन आइराखेको छ । निर्वाचनको उपयोग गर्नुपर्छ । 

८. भोलि संविधान अनुसार काम गरेन । संसद आह्नवान गरेनन् । संसदले विधेयक पास ग¥यो स्वीकृत गरेनन भने के गर्ने ? काम गर्नुपर्छ । संविधानको नजिर जे हुन्छ त्यही अनुसारको सोच राखेर अघि बढ्नुपर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  ०७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro