काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले ईभी नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ट्रीयो झोर नेपाली बजारमा ल्याएको छ ।
ट्रीयो झोर एक क्रान्तिकारी नयाँ इलेक्ट्रिक थ्री–व्हीलर पिकअप भएकाे कम्पनीले बताएकाे छ । यसले कार्गो खण्डमा र अन्तिम माइल डेलिभरीलाई पुनः परिभाषित गरेको कम्पनीकाे भनाइ छ ।
महिन्द्रा ट्रीयो झोर उत्कृष्ट ग्राहक मूल्य प्रस्ताव प्रदान गर्न अत्याधुनिक प्रविधिको साथ विकसित गरिएको बताइएको छ । प्रत्येक ग्राहकको आवश्यकता पूरा गर्न तीन भेरियन्टमा उपलब्ध रहेको जानकारी दिइएको छ ।
उत्कृष्ट कार्यसम्पादन र उन्नत लिथियम–आयन प्रविधि जस्ता हाइलाइटहरूका साथ ट्रीयो झोर कार्गो खण्डमा गेम चेन्जर हुन तयार भएर आएको कम्पनीको भनाइ छ ।

यस पटकको नाडा ईभी अटो एक्सपो २०२२ मा अग्नी इनर्जीले महिन्द्रा इलेक्ट्रिक तीन पाङ्ग्रे ट्रीयो ई–रिक्शा, ट्रीयो अटो र नयाँ महिन्द्रा इलेक्ट्रिक ट्रीयो पिकअप अवलोकन गर्न पाउनेछन् ।
नेपालका ठूला चाडपर्वहरू विश्वकर्मा पूजा, दसैँ, तिहार र छठलाई लक्षित गर्दै यी तीन इलेक्ट्रिक सवारी साधनहरूमा स्क्र्याच कार्डमार्फत आकर्षक नगद पुरस्कारहरू र एक लाख रुपैयाँको बम्पर पुरस्कारसमेत राखेको कम्पनीले जानकारी दिएकाे छ ।
यो योजना महिन्द्रा इलेक्ट्रिक तीन पाङ्ग्रे ट्रीयो ई–रिक्शा, ट्रीयो अटो र पिकअप खरिद गर्नेका लागि असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म लागु हुने बताइएकोछ ।
नाडा ईभी अटो एक्सपो २०२२ मा अग्नी इनर्जीले भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल यो नयाँ इलेक्ट्रिक थ्री–ह्वीलर पिकअप गाडीले नेपाली बजारमा निकै राम्रो बजार बिस्तार गर्ने कम्पनीको अनुमान छ ।