site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्राधिकरणको उद्देश्य विद्युत निर्यात गर्ने होइन : कुलमान घिसिङ
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको विद्युत निर्यात गर्ने उद्देश्य नभएको बताएका छन् । 

मंगलबार सुन्दर यातायात प्रा.लि.ले आयोजना गरेको विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको मुख्य उद्देश्य भारतमा विद्युत निर्यात गर्ने नभई नेपालभित्र नै खपत गर्ने रहेको बताए ।

Agni Group
NIC Asia

उनले नेपालमा उत्पादित विद्युत नेपालमा नै खपत गरी समृद्ध नेपाल बनाएर उज्यालो नेपाल बनाउने उद्देश्य साकार पार्न सकिने बताए । घिसिङले विद्युत खपत बढाउनका लागि हरेक घरमा खाना पकाउनेदेखि सवारी साधनसमेत विद्युतीय प्रयोगमा ल्याउनुपर्ने बताए ।

उनले नेपालमा नै विद्युत खपत गर्नसके मुलुकको अर्थतन्त्रमा १० गुणा बढी योगदान पुर्‍याउने बताए । घिसिङले विद्युत निर्यात गरेर भन्दा विद्युत खपत गरेर अर्थतन्त्रमा बढी योगदान पुग्ने जिकिर गरे । उनले विद्युत प्राधिकरणले पछिल्लो एकसय दिनमा सात अर्ब २० करोड बराबरको विद्युत भारतमा निर्यात गरेको बताए ।

Global Ime bank

घिसिङले विश्वमा विद्युत संकट भएर युरोपमा एक युनिट विद्युतको करिब १ डलर मूल्य रहेको बेला नेपालले भारतमा विद्युत निर्यात गर्नु मुलुकको विद्युतीय क्षेत्रमा ठूलो फड्को मारेको पुष्टि हुने बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu