site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सन् २०५० सम्म नर्वेले विश्वकै सबैभन्दा ठूलो पेन्सन कोषलाई डिकार्बोनाइज गर्ने
SkywellSkywell

नर्वे । नर्वेले सन् २०५० सम्म रितगृह ग्यास उत्सर्जनलाई शून्यमा झार्ने भएको छ । संसारको सबैभन्दा ठूलो सम्पत्ति कोष, नर्वे गर्भरमेन्ट पेन्सन फन्ड ग्लोबलले पेरिस सम्झौता अनुसार सन् २०५० सम्म आफ्नो हरितगृह ग्यास उत्सर्जनलाई शून्यमा झार्न लागेको हो ।

यसका लागि उनीहरूले व्यवसायहरूलाई दबाब दिई आफ्नो कोषलाई ‘डिकार्बोनाइज’ गर्ने नोर्गेस ब्यान्क इन्भेस्टमेन्ट म्यानेजमेन्टका सीईओ निकोलाई टाङ्गेनले बताए ।

Dabur Nepal
NIC Asia

कोषले आफ्नो पेट्रोलियमबाट उठेको राजस्व (पश्चिमी यूरोपको सबैभन्दा ठूलो तेल र ग्यास उत्पादक) स्टक, बन्ड, सम्पत्ति र नविकरणीय परियोजनाहरूमा भविष्यका पुस्ताहरूको फाइदाको लागि लगानी गर्ने रोयटर्सलाई उद्धृत गर्दै टीभीपीवर्ल्डटकमले जनाएको छ । 

नर्वेले शून्य कार्बन उत्सर्जन समाज बनाउन खोजको छ । “हाम्रो दीर्घकालीन प्रतिफल पूर्णतया हाम्रो पोर्टफोलियोमा रहेका कम्पनीहरूले शून्य उत्सर्जन समाजमा आफूलाई व्यवस्थापन गर्ने तरिकामा निर्भर पर्छ,” निकोलाई टङ्गेनले भने ।

मंगलबारको योजना नर्वेली सरकारले अप्रिलमा गरेको प्रस्तावलाई पछ्याएको हो । जसमा कोषले लगानी गर्ने ९ हजार ३०० कम्पनीहरूलाई सन् २०५० सम्ममा आफ्नो उत्सर्जनलाई शून्यमा पुर्‍याउन दबाब दिनुपर्नेछ । 

टीभीपीवर्ल्डडटकमबाट ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu