site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मधेस : संविधान जारी भएकाे दिनमा केही राजनीतिक दलले मनाए कालो दिवस
Siddhartha BankSiddhartha Bank

जनकपुरधाम । मधेस प्रदेशमा केही राजनीतिक दलले संविधान जारी भएको दिनलाई ‘कालो दिवस’का रूपमा मनाएका छन् ।

सोमबार जनकपुरधाममा उनीहरूले हातमा कालो पट्टी बाँधेर विराेध प्रदर्शन गरे । संविधान संशोधन हुनुपर्ने र मधेसको माग पूरा गर्नुपर्ने नारा लगाउँदै उनीहरूले र्‍याली पनि निकालेका थिए ।

Agni Group
NIC Asia

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र यही पार्टीबाट अलग्गिएर केही दिन अगाडि गठन भएको तराई मधेस लोकतान्त्रिक पार्टी, डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टीले कालो दिवसको रूपमा मनाएका हुन् ।

लोसपाले संविधान जारी भएदेखिनै विरोधका विभिन्न कार्यक्रम गर्दै आइरहेकाे छ । 

Global Ime bank

विगतको वर्षमा मधेस प्रदेश सरकारले दिवापली मनाएका थियाे । यद्यपि, यसवर्ष कुनै गतिविधि गरेन । मधेस प्रदेशमा अहिले चार दलको संयुक्त सरकार छ । सोमबार बिहान संविधान दिवसको शुभकामना दिएका जसपाका अध्यक्ष यादवले संविधान संशोधनको माग पनि गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  २२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय