site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जापानमा आँधी चलेपछि ९० लाख मानिसलाई घर छोड्न निर्देशन 
SkywellSkywell

जापान (टोक्यो) । जपानले अहिलेसम्मकै सबैभन्दा डरलाग्दो र खतरनाक सामुद्रिक आँधीको सामना गर्ने क्रममा करिब नब्बे लाख मानिसलाई आफ्ना घर छाडेर सुरक्षित गन्तव्यतर्फ जान सरकारले आह्वान गरेको छ । 

‘नान्मादोल’ नामक यस आँधीको कारण २ जनाको ज्यान जानुका साथै अन्य ९० जना घाइते भएका छन् । 

Dabur Nepal
NIC Asia

जापानको सुदूर दक्षिणी टापु क्युसुमा आइतबार बिहानबाट आँधी चलेको थियो । केही दिनभित्रै यो आँधी होन्सुको मुख्य टापुमा पुग्ने जलवायु विज्ञान विभागले भविष्यवाणी गरेको छ । 

आइतबार दशौँ हजार व्यक्तिले आपत्कालीन शिविरमा रात काटेका थिए । आँधीकै कारण ३ लाख ५० हजार घरमा विद्युत् आपूर्ति बन्द भएको छ । 

यातायात तथा व्यापार व्यवसाय अवरुद्ध भएको छ भने मुलुक भीषण बाढी र पहिरोको चपेटामा परेको छ । 

नान्मादोलको कारण प्रतिघन्टा अधिकतम २ सय ३४ किलोेमिटर वेगमा हुरी चलेको छ । २४ घन्टाभित्र केही क्षेत्रमा ४ सय मिलिमिटर पानी पर्ने अनुमान गरिएको छ ।

बुलेट ट्रेन सेवा, पानी जहाज सेवा तथा सयौँ हवाई उडान रद्ध गरिएको छ ।   

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu