site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
टुकुचामाथि बनेका संरचनामा बालेनको डोजर, निसानामा ६ वटा घर
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचामाथि बनेका घरटहरा भत्काउन सुरु गरेको छ । जमिनमुनि बग्ने टुकुचालाई चार मिटर फराकिलो बनाउने योजना अनुसार महानगरले अस्थायी टहरा भत्काउन थालेको हो । 

महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले आज टुकुचामाथि बनेका सातवटा अस्थायी टहरा भत्काएको जानकारी दिए । उनले भत्काउने अभियान निरन्तर जारी रहने पनि बताए । 

“हामीले टुकुचामाथिका अस्थायी टहरा भत्काउन सुरु गरेका छौँ । निसानामा लक्ष्मी बैंकको एक शाखा रहेको घर, सिदार्थ बैंकको शाखा रहेको एक घरलगायत ६ वटा घरहरू छन्,” उनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

महानगरको निसानामा रहेका ६ वटा घरहरू आफूहरूले सार्वजनिक नगरिसकेको नगरप्रहरी प्रमुख एसपी पाण्डेले जानकारी दिए । “हाम्रो अहिलेको मुख्य काम टुकुचा उत्खनन हो । यसलाई तीव्रता दिएका छौँ,” एसपी पाण्डेले भने, “अवैध संरचना भत्काउने, अन्डरग्राउन्ड खालि गर्ने काम पनि भइरहेको छ ।” 

आइतबार पाटन अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशबारे महानगरमा लिखितपत्र प्राप्त नभएको एसपी पाण्डेले बताए । “अदालतको आदेश महानगरमा आइपुगेको छैन । कसरी र कति घरहरू नभत्काउन आदेश दिएको छ भन्नेबारे पनि हेर्न पाइएको छैन । आज बिदाको दिन भएर नआएको हुनसक्छ,” उनले भने, “सम्भवत: भोलि आदेशबारे केही जानकारी आउला ।”

Global Ime bank

आइतबार उच्च अदालत पाटनले टुकुचामाथि बनेका संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले रित पुर्‍याएर बनाएकाले उचित क्षतिपूर्ति नदिई संरचनाहरू हटाउन नमिल्ने बताएको हो ।  

प्रसिडेन्ड ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले अदालतमा रिट दायर गरेका थिए ।

जिनेक्स इन्भेस्टमेन्ट प्रालि वडा नम्बर १ कित्ता नम्बर ७ को क्षेत्रफल ०–९–१–१–६ र उत्तरमान लामाको नाममा रहेको कित्ता नम्बर ३०३८ को क्षेत्रफल ०–५–२–० को जग्गा र प्रसिडेन्ड ट्राभल्स एन्ड टुर्स प्रालिको कित्ता नम्बर ३०३९ को ०–५–२–० जग्गाको कानुनी रूपमै खरिद गरी भोगचलन गर्दै आएको भन्दै ती जग्गामा बनेको घर कानुनबमोजिम रित पु‍र्‍याएर वा उचित क्षतिपूर्ति नदिई भत्काउने कार्य नगर्नु भनी महानगरको नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । 

अदालतले असोज ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । नगरप्रहरी प्रमुख एसपी पाण्डेका अनुसार महानगरले भत्काउने नै भनेर पहिल्याएका घर टहराहरू धमाधम हटाइँदैछ ।

“टुकुचामाथि विभिन्न प्रकारका संरचनाहरू बनेका छन् । अवैध संरचनाहरू धमाधम हटाउन सम्बन्धित घरधनीलाई समेत भनेका छौँ । उहाँहरूले पनि हटाइरहनुभएको छ । अटेर गर्नेहरूलाई नगरप्रहरीले हटाउँछ,” उनले भने । 

जलाधार विज्ञहरूले टुकुचाको सुरुङ राणाकालमै बनेकाले भत्काउनुभन्दा संरक्षण गर्न जरुरी रहेको बताउँदै आएका छन् । टुकुचा उत्खननमाथि पुरातत्त्व विभागको टोलीले पनि अनुसन्धान गरिरहेको छ । 

विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार महानगरले टुकुचा उत्खनन गर्दै गर्दा केही पुराना संरचनाहरू भेटिन सक्ने भन्दै अनुसन्धान थालेको हो । टुकुचामाथिको अनुसन्धानपछि विभागले रिपोर्ट तयार पार्नेछ ।

महानगरले आज कमलपोखरी, कमलादी क्षेत्रमा टुकुचा उत्खनन गरेको छ । त्यस्तै हात्तीसारको सिद्धार्थ बैंक पछाडि, जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिकै करिब १०–१५ फिट खाल्डो खन्दा टुकुचा फेला परेको थियो  । 

सहरी विकास मन्त्रालयले टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदन महानगरले स्वीकार गर्दै टुकुचामाथि ५८१ कित्ता जग्गामा घर तथा भवनहरू बनाइएको खुलाएको थियो । सोही प्रतिवेदनका आधारमा महानगरले टुकुचा उत्खनन गरिरहेको छ । 

साउन १२ गते महानगरले ३५ दिने सूचना जारी गर्दै टुकुचा मिचेर बनाएका अवैध संरचना हटाउन अल्टिमेटम जारी गरेको थियो । महानगरको इन्जिनियर टोलीले टुकुचा अतिक्रमण गरेर बनाइएका भवनहरूबारे अध्ययन अनुसन्धान पनि गरिरहेको छ । 

टुकचा खोला नक्सामा देखिँदैन । वडा नम्बर ४ स्थित निर्मल निवास पछाडिबाट सुरु भएको टुकुचा खोला नारायणहिटी राजदरबार, जय नेपाल हल, न्यू प्लाजा, पुुतलीसडक, कमलादी क्षेत्रस्थित काठमाडौं प्लाजा हुँदै बग्छ ।

टुँडालदेवी मन्दिरदेखि बालुवाटार चिनियाँ दूतावासको पर्खाल सकिनेबित्तिकै उत्तरतर्फ पछि टुकुचा छोपिएको छ । टुकुचा हाल बिच–बिचमा जमिन मुनि भएर बग्छ । टुकुचा वडा नम्बर ४,३, २, १ २८ र ११ हुँदै थापाथलीस्थित वाग्मती नदीमा मिसिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement