site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
गठबन्धनबाट विद्रोहको प्रयास भइरहेको नेकपा एसका नेता आलेको भनाइ
फाइल तस्बिर
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता प्रेमबहादुर आलेले आगामी प्रतिनिधि सभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने भए कुनै जिल्लामा पनि गर्नु नहुने बताएका छन् । सोमबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी)को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता आलेले डोटी जिल्लामा गठबन्धन चाहिँदैन भनेर भेला गर्दै हिँडेको भन्दै असन्तुष्टि व्यक्त गरे । 

नेता आलेले गत स्थानीय तह निर्वाचनमा आफूहरूले १० वटा वडामा मात्रै उमेदवार उठाएर ५५ वटा वडा छाडिएको भन्दै यसैको मतको आधारमा नेपाली कांग्रेसले समाजवादीको मत कम रहेको व्याख्या गरिरहेको बताए । गठबन्धन गर्दा स्थानीय तहको मतको कुरा गर्नु नहुने उनको भनाइ छ । 

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका उनले स्थानीय निर्वाचनको परिणामको आधारमा गठबन्धनबाट विद्रोहको प्रयास भइरहेको उल्लेख गर्दै त्यसप्रति आफूहरूको ध्यानाकर्षण भएको बताए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro