देश
काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा उत्खननको काम जारी राखेको छ । टुकुचामाथि बनेका संरचना नभत्काउन अदालतले आदेश दिए पनि महानगरले अभियान जारी राखेको महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए ।
उनका अनुसार आज कमलादी–कमलपोखरी क्षेत्रमा उत्खनन् भइरहेको छ । कमलादीको लक्ष्मी बैंक उत्तरतर्फ बनेको भवन नजिकै उत्खनन् भइरहेको एसपी पाण्डेले बताए ।
महानगरले अवैध संरचना भत्काउँदै गर्दा टुकुचा अतिक्रमणमा परेको निवेदन महानगरमा पुगेको थियो । सोही निवेदनका आधारमा महानगरले टुकुचा खोज्ने योजना बनाएको थियो ।
अदालतको आदेशको महानगरले सम्मान गर्ने तर अहिलेसम्म कुनै लिखित आदेश नआएको महानगरले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९ १४:२८
प्रतिक्रिया दिनुहोस्