काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले आगामी तीन महिनाभित्र देशभर टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने भएका छ । समाचार एजेन्सी खामा प्रेसका अनुसार तालिबान सरकारले यस्तो निर्णयको तयारी गरेको हो ।
तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटकसँगै पब्जी एप्लिकेसन पनि प्रयोगमा प्रतिबन्ध लगाउन लागिएको पुष्टि गरेका हुन् ।
मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई हेरेर टिकटक प्रतिबन्ध लगाउन लागिएको अधिकारीहरुको भनाइ छ ।
प्रतिबन्ध लगाउने यो निर्णय आगामी महिनाभित्रमा आइसक्ने तथा कम्तीमा तीन महिनाभित्र लागु भइसक्ने बताइएको छ । अफगानिस्तानमा टिकटक प्रतिबन्ध लगाउने निर्णय यसअघि पनि भएको थियो ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
तालिवान नेतृत्वको सरकारले यसअघि अहिलेसम्म अनैतिक र गलत सन्देश प्रवाह गरेको भन्दै दुई करोड ३० लाख वेबसाइट बन्द गरिदिएको थियो ।
“हामीले अहिलेसम्म दुई करोड ३० लाख ४० हजार वेबसाइट बन्द गरेका छौँ,” तालिबान सरकारका सञ्चारमन्त्री नाजिबुल्लाह हक्वानीले भने, “एउटा बन्द ग¥यो अर्को खुल्छ, यो हाम्रो लागि ठूलो चुनौती भएको छ ।”