site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
उद्योग परिसंघले पुस अन्तिममा तीन दिने महिला नेतृत्व शिखर सम्मेलन गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी सम्मेलन आगामी पुस २९ देखि माघ १ गतेसम्म ‘महिला नेतृत्व शिखर सम्मेलन २३’ आयोजना गर्ने भएको छ । परिसंघको महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा तीन दिने सम्मेलन आयोजना गर्न लागेको हो ।

कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना हुने बताइएको छ । कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्य यो सम्मेलनको रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी सम्मेलनलाई लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वहरूबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरूका सफलता सुनाउने, महिलाहरूलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसरको रूपमा प्रयोग गरिनेछ ।

नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान, र परिवर्तनका संवाहक महिला विषयमा छुट्टाछुट्टै सत्रमा छलफल हुनेछ ।

Global Ime bank

परिसंघले पहिलोपटक आयोजना गर्न लागेको महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला, नेता, विज्ञहरूलाई एउटै थलोमा ल्याउँछ । यो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुनेछ, जसले महिलाहरूलाई प्रेरित गर्नेछ ।

सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रूपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका महिलाहरूको सहभागिता हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २, २०७९  २०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय