site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भृकुटीमण्डपमा यामाहाको ‘महाएक्सचेन्ज मेला’

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू राइड्सले यामाहा ‘महाएक्सचेन्ज मेला २०८१’ को घोषणा गरेको छ।

यस वर्षको सबैभन्दा ठूलो एक्सचेन्ज इभेन्ट काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको कम्पनीले बताएको छ ।एक हप्तासम्म जारी रहने मेलाले मोटरसाइकल एक्सचेन्जको अनुपम अनुभव प्रदान गर्ने बताइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एमएडब्लू इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले यामाहा महाएक्सचेन्ज मेलाको आयोजना गर्न पाएको खुसी व्यक्त गरेका छन् । यामाहा महाएक्सचेन्ज मेलाले ग्राहकलाई सुपथ मूल्यमा आफ्ना मोटरसाइकल अपग्रेड गर्ने असाधारण अवसर प्रदान गर्ने उनले बताए ।

मेलामा सहभागीले यामाहा मोटरसाइकलको खरिदमा एक लाख रूपैयाँसम्मको ग्यारेन्टी नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। एमएडब्लू राइड्सले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकलको ट्रेड–इनको लागि अधिकतम मूल्य सुनिश्चित गर्दै एक लाख रुपैयाँसम्मको अतिरिक्त मूल्यांकन प्रदान गर्ने दाबी गरेको छ ।

मेलामा जुनसुकै ब्रान्डको पुरानो बाइक वा स्कुटरलाई ब्रान्ड न्यु यामाहासँग साट्न सकिने कम्पनीको भनाइ छ । मेला अवधिमा शिव परियार, महेश काफ्ले र मिलन नेवारले गायन समेत गर्ने कम्पनीले बताएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्